बालबालिकालाई शारीरिक र मानसिक रूपमा आफैं केही गर्ने अवसर दिइँदा सिकाइलाई दीगो, प्रभावकारी, र रोमाञ्चक बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। यस्ता अवसरहरूले उनीहरूको आत्मविश्वास, सिर्जनशीलता, र स्वतन्त्रता जस्ता जीवनोपयोगी सीपहरूको विकास गर्छन्। आज विद्यालयको प्राङ्गणमा कक्षा २ र ३ का विद्यार्थीहरूले नेपाली र हाम्रो सेरोफेरो विषयको एकीकृत पाठ्यक्रममा आधारित सिकाइहरूलाई गीत, सङ्गीत, नृत्य, र अभिनयका माध्यमबाट अभिभावकहरूलाई प्रस्तुत गरे।
यस कार्यक्रमले बालबालिकालाई आफ्ना सीप र क्षमताहरू प्रस्तुत गर्न एक प्रेरणादायी मञ्च प्रदान ग-यो। प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका शिक्षा प्रमुख, ललित विक्रम सिंहज्यूले बालबालिकाको शैक्षिक, सामाजिक, र भावनात्मक विकासमा यस्ता कार्यक्रमहरूको महत्त्वलाई विशेष रूपमा जोड दिनुभयो। उहाँले यस्ता गतिविधिले सिकाइलाई व्यवहारिक र जीवनोपयोगी बनाउन ठूलो भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो।
#सिकाइकोखुसी #बालविकास #शिक्षा #आत्मविश्वास #सृजनशीलता #नेपालीसाहित्य #एकीकृतसिकाइ #विद्यालयकार्यक्रम #ImperialWorldSchool #IWS