Skip to main content

इम्पेरियल वल्ड स्कुलमा दुई दिने काठमाडौँ साहित्य महोत्सवको सञ्चालन

काठमाडौँ जिल्लाको बुढानीलकण्ठ नगरपालिकामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा दुई दिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको छ । सो महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हास्य व्यङ्ग कलाकार मदनकृष्ण श्रेष्ठले गर्नु भएको हो । साथै उहाँले उक्त विद्यालयका बालबालिकाहरूले लेख्नु भएको नेपाली भाषाको कथा सङ्ग्रह परिर्वनका आभाहरू नामक पुस्तक र र अङ्ग्रेजी भाषामा लेखिएको आई वील टेल यु अ स्टोरी पुस्तक विमोचन पनि गर्नु भयो ।

यस महोत्सवको अवसरमा बुढानीलकण्ठ नगरपालिका स्थित इम्पेरियल वर्ल्ड स्कुलमा आयोजना गरिएको दुई दिने काठमाडौँ साहित्य महोत्सवकाका अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ हास्य व्यङ्ग कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो अभिनय र गायन यात्राका सुरुवातका दिनहरूको स्मरण गर्दै बालबालिकालाई स्कुल पढ्दा देखि नै साहित्य, कलामा सिक्ने अवसर पाएको भन्दै यो सुवर्ण अवसरको सदुपयोग गर्न आग्रह गर्नु भयो । साथै उहाँले यस्तो महत्त्वपूर्ण महोत्सवले इम्पेरियल वर्ल्ड स्कुलका विद्यार्थीलाई सानो उमेर देखि नाटक, कथा, कविता लेखन, चित्रकला र नाटकमा अभिनय गर्न प्रेरित गर्ने पनि बताउनु भयो ।

यसै क्रममा इम्पेरियल वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष कुमार कार्कीले आजका विद्यार्थी भोलि देशका कर्णधार हुन्, भन्ने नारालाई साकार पार्न विद्यार्थीको सिर्जना तथा सीपयुक्त क्षमतालाई प्रस्फुटन गराउनका लागि स्कुलले अवसर प्रदान गरेको भन्दै विद्यार्थीहरूका रचनालाई पुस्तकका रूपमा प्रकाशित र लोकार्पण गरिएको बताउनु भयो ।

उक्त महोत्सव उद्घाटनका क्रममा इम्पेरियल वर्ल्ड स्कुलका प्रधानाध्यापक जुनिता कार्कीले विद्यार्थीहरूलाई नेपाली / अङ्ग्रेजी दुवै भाषामा कथा, गीत, कविता लेखन, नाटकमा अभिनय तथा चित्र बनाउने कलाको विकासमा निखारता ल्याउन सहज होस भन्ने उद्देश्यले यस महोत्समबको आयोजना गरिएको बताउनु भयो । साथै उहाँले यस विद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउन सहयोग होस भनेर हरेक वर्ष काठमाडौँ साहित्य महोत्सवको आयोजना गर्दै आएको पनि बताउनु भयो । आज फागुन १४ गते सुरुवात भएको काठमाडौँ साहित्य महोत्सव भोली फागुन १५ गते गरी दुई दिन सम्म चल्ने छ भने सो महोत्सवमा कला, भाषा,गीत, सङ्गीत तथा वाद्यवादनलगायतका विभिन्न क्षेत्रका २२ जना विज्ञले विद्यार्थीसँग सम्बन्धित विषयमा विशेष अन्तरक्रिया गर्ने र विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरूको प्रदर्शनी र नेपाली, अंग्रेजी भाषामा नाटक मञ्चन समेत गरिने इम्पेरियल वर्ल्ड स्कुलले जनाएको छ । उक्त महोत्सवमा नेपाली कला संस्कृति झल्किने सामाग्रीहरू, गणित विषयमा प्रयोग गरिने विधिहरूका सामाग्रीहरूका साथै विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरू प्रदर्शन गरिएको छ ।

Credit: