एकादेशमा एउटा गाउँ थियो । त्यस गाउँमा ’राधा’ नाम गरेकी केटी आफ्नो परिवारसँग बस्थी । उसको परिवारमा आमा, बुबा, भाइ र बहिनी थिए । राधालाई एकदमै धेरै पढ्न मन लाग्थ्यो तर उसको परिवार निम्न वर्गका थिए । त्यसैले राधाको आमाबुबाले उसको इच्छा पूरा गर्न सक्दैनथे ।
राधालाई एकदमै नराम्रो लाग्थ्यो । तैपनि ऊ आफ्नो आमाबुबाको चित्त दुख्ला भनेर केही पनि भन्दैनथी । राधालाई ऊ विद्यालय गई भने उसका भाइ बहिनीले पढ्न पाउँदैनथे भन्ने थाहा थियो । त्यसैले उसले विद्यालय गएर पढ्ने इच्छा त्यागी । ऊ चुप लागेर बसी ।
उसले पढ्नको लागि अनेक उपायहरु खोज्न थाली ।
अन्तमा उसले आफ्ना भाइबहिनीको पुस्तकबाट नै केही कुरा सिक्न सकिन्छ भन्ने कुरा सोचेर भाइबहिनीहरुसँगै घरमै बसेर पढ्न थाली । राधाले कम समयमा नै धेरै कुरा सिकी ।
समय बित्दै जाँदा राधाले आफ्ना भाइबहिनीहरुको गृहकार्य गर्नमा मदत गर्न थाली । भाइबहिनीहरुले सधैं राम्रोसँग गृहकार्य गरेर लान्थे । यो देखेर एकदिन शिक्षकले राधाको भाइलाई सोध्नुभयो, “बाबु, तिमी सधैं गृहकार्य राम्रो गर्छौं । तिमीलाई घरमा कसले सिकाउँछ ?”
भाइले भन्यो, “मेरी दिदीले सर,”
अनि शिक्षकले भन्नु भयो, “ओहो ! तिम्री दिदी त निकै
पढ्नमा निकै सिपालु रहिछन्, कति कक्षामा पढ्छिन उनी ?
“सर मेरी दिदी कहिले पनि विद्यालय नै जानुभएकै छैन । उहाँलाई पढ्ने धेरै नै इच्छा छ । त्यसैले उहाँले हाम्रो पुस्तकबाट घरमा नै सिक्नुहुन्छ, भाइले भन्यो ।
यो कुरा सुनेर शिक्षक छक्क पर्नुभयो र राधालाई भेट्ने इच्छा राख्नुभयो ।
केही दिन पछि शिक्षक राधालाई भेट्न उसको घर जानुभयो । राधाको बुद्धि र पढ्ने इच्छा देखेर शिक्षकले राधालाई जसरी भए पनि म तिम्रो पढ्ने इच्छा पूरा गर्छु भनी त्यहाँबाट जानुभयो ।
शिक्षकले राधाको बारे सबै कुरा विद्यालयका प्रधानाध्यापकलाई भन्नुभयो ।
प्रधानाध्यापकले शिक्षकको कुरा सुनेर राधालाई निःशुल्क पढाउने व्यवस्था गरिदिनुभयो ।
त्यसपछि राधा एकदमै खुसी भई र धेरै मिहिनेतका साथ पढ्न थाली । समयसँगै ऊ ठूली भई र उसको पढाइ पनि पूरा भयो । उसले पनि पछि शिक्षिका बनेर आफूमा भएको ज्ञान विद्यार्थीहरुलाई दिई । यसरी पढ् ने इच्छाले गर्दा राधा एक सफल शिक्षिका बनी ।