Skip to main content

मित्रता

सहिना श्रेष्ठ

कक्षाः नौ

नेहाँ सधैँ आफ्नो काममा समर्पित र प्रतिबद्ध थिइन् । उनी आफ्नो परिवार र समाजको लागि असल कामहरु, मानिसहरुलाई सहयोग गर्ने, आदरपूर्वक कुरा गर्ने गर्थिन् । उनी अनुशासित थिइन् । उनी आफ्ना आमाबाबाको पनि सम्मान गर्थिन् र उहाँहरुलाई धेरै माया पनि गर्थिन् ।

उनका बुबा निरन्तर काम गर्नुहुन्थ्यो । परिवारको चाहना पूरा गर्न धेरै प्रयास गर्नुहुन्थ्यो । उनकी आमाले उहाँलाई सुख र दुःख दुबैमा साथ दिनुहुन्थ्यो । उहाँ दुबै जना एकअर्काका लागि निकै महत्वपूर्ण हुनुहुन्थ्यो । उनका बुवाले परिवारलाई समय दिन सक्नुहुन्नथ्यो । उनको परिवारले ठाउँ सरिरहनु पर्थ्यो । यसले गर्दा नेहाले पनि विद्यालय परिवर्तन गरिरहनु पर्थ्यो । यस कारणले गर्दा उनलाई नयाँ नयाँ विद्यालयमा समायोजन हुन सङ्घर्ष गर्नुपर्थ्यो ।

नेहाँलाई यात्रामा रमाइलो लाग्थ्यो । उनलाई नयाँ चीजहरुको अनुभव गर्न मनपर्थ्यो । उनी सधैं विभिन्न स्थानमा भएका विभिन्न चिजको वासनाले मोहित हुन्थिन् । उनी लगाउने लुगाकपडा र उपहारको पनि सौखिन थिइन् ।

एक दिन उनका बुवालाई आफ्नो कम्पनीवाट अर्को कम्पनीमा सर्नु पर्ने अवस्था आइ परेको थियो । उहाँले नेहाकी आमालाई सो स्थानबाट सर्ने व्यवस्था मिलाउन भन्नुभयो । हतारमा सर्नु परेकाले नेहा तथा उनकी आमा केही चिन्तित देखिन्थे । उनीहरुले सबै सामान मिलाएर त्यहाँबाट निस्किए । बाटामा देखिएको दृश्य रमाइलो थियो । नेहा त्यो दृश्य देखेर रमाइन् ।

उनीहरु नयाँ ठाउँमा पुगेर खानासाना खाएर सुते । बिहान उठ्दा नेहा खुसी थिइन् । उनले बाल्यकालकी साथीलाई भेटेर धेरै रमाइला ठाउँहरु घुमेको सपना देखेकी थिइन् । नेहाका बुवा बिहान सबेरै उठेर काममा जानुभयो । उहाँको काम राम्रो थियो ।

सो ठाउँमा नेहाको परिवार छ महिनाका लागि गएको थियो । नेहाले पनि त्यहाँ छ महिना पढ्नु परेको थियो । उनी खुसीसाथ विद्यालय जान राजी भइन् । उनलाई नयाँ अनुभूति भएको थियो र केही नर्भस पनि भएकी थिइन् । एक हप्ता पछि नेहा स्कुल जान तयार भइन् । उनी चिन्तित थिइन तर उनले शान्त हुने प्रयास गरिन् ।

उनी विद्यालयमा एक्लै बसिसरहेकी थिइन् । सोफी नामकी एउटी केटी नेहा भए नजिक आइन् र साथी बन्ने कुरा गरिन् । नेहालाई खुसी लाग्यो । उनकी बाल्यकालको साथीको नाम पनि सोफी थियो । नेहाले धेरै नसोची र बिना हिच्किचाहट सोफीको अनुरोध स्वीकार गरिन् ।

सोफी एक प्रतिभाशाली केटी थिइन् । उनी उत्कृष्ट विद्यार्थी थिइन् । उनी धेरै दयालु र सहयोगी थिइन् । उनका धेरै साथीहरु थिए । त्यसमाथि नेहा र सोफीको नयाँ मित्रता स्थापित गएको थियो । सोफी नेहाको त्यस विद्यालयको पहिलो साथी थिइन । सोफी नेहाको एक्ली साथी भएको हुनाले उनीहरु सधै सँगै खाजा खान्थे । उनीहरु आफ्नो गृहकार्य सँगै गर्ने, सँगै घर जाने गर्दथे ।

एकदिन उनीहरु कुराकानी गरिरहेका थिए । यतिकैमा शिक्षक आएर उनीहरुलाई इलेक्ट्रोनिक चुरोटका बारेमा पढाउनु भयो । “सर यो इलेक्ट्रोनिक चुरोट भनेको कस्तो हुन्छ ?” एकजना विद्यार्थीले सोध्यो ।

“इलेक्ट्रोनिक चुरोट भनेको ब्याट्रीबाट चल्ने चुरोट हो । यसलाई धुम्रपानमा प्रयोग गरिन्छ । मानिसहरु धुम्रपानबाट छुटकारा पाउन यसको प्रयोग गर्ने गर्छन् । आजभोलि युवापुस्ताले पनि यसको नक्कल गर्न थालेको पाइन्छ । यसको प्रयोग गर्नु राम्रो होइन किनकि यसले हाम्रो फोक्सो, मुटुसम्बन्धि रोग लाग्नुका साथै अनियमित रूपमा टाउको दुख्नेजस्ता समस्या निम्तिन सक्छन् ।” भनी सरले जवाफ दिनुभयो ।

कक्षा सकिएपछि नेहा र सोफी दुबै विद्यालयको क्यन्टिनमा गए र त्यही इलेक्ट्रोनिक चुरोटका बारेमा कुरा गरे । उनीहरु दुबैले एकअर्कासँग जीवनमा इलेक्ट्रोनिक चुरोट कहिल्यै प्रयोग नगर्ने बाचा गरे र खेल कक्षामा गएर रमाइलो खेल खेली घर फर्किए ।

केही महिनाहरु बिते । एक दिन नेहाले सोफीका झोलामा इलेक्ट्रोनिक चुरोट भेटिन् । नेहालाई सोफीले नराम्रो काम गर्छिन् भन्ने लागेको थिएन । उनलाई सुरुमा त विश्वास नै लागेन । उनले त्यो चुरोट ओल्टाइपल्टाइ गरेर हेरिन् । त्यो वास्तवमा इलेक्ट्रोनिक चुरोट नै थियो । उनीहरुले त्यस्ता खराब कुरा कहिल्यै प्रयोग नगर्ने बाचा गरेका थिए । सोफीको यस्तो चाल देखेर नेहालाई सोफीले धोका दिएको अनुभूति भयो ।

नेहा सोफी भएको ठाउँमा गइन् र झोलामा भेटेको सामानका बारेमा सोधिन् । सोफी अलमल परिन् । सोफीलाई पनि त्यो चुरोटका बारेमा थाहा थिएन । उनको झोलामा त्यो चुरोट कसरी आयो, उनले सोध्न पनि सकिनन् । उनले नेहालाई त्यो चुरोट आफ्नो नभएको कुरा गरिन् । अरु कसैले आफ्नो झोलामा राखेको हुनुपर्छ भन्ने कुरा बताइन् । उनीहरु दुबैजना मिलेर यो कुरा शिक्षकलाई सुनाए ।

शिक्षक यो कुरा सुनेर अचम्मित हुनुभयो र उहाँले यसको बारेमा अनुसन्धान गर्दा सोफीको साथीले नै सोफीको प्रगति सहन नसकेर उनलाई फसाउनका लागि यस्तो काम गरेको रहेछ । त्यो साथीका बुवाआमालाई विद्यालय बोलाएर अबदेखि यस्तो गलत काम नगर्ने बाचा गरेपछि सबैजना मिलेर पढ्न थाले ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children