त्याग
अग्रता बढाथोकी
सहरदेखि पर प्राकृतिक सुन्दरताले भरिपूर्ण एउटा सुन्दर गाउँ थियो । यो गाउँको नाम दुधौली थियो । विविधताले भरिएको यस गाउँमा कोही असाध्यै धनी थिए भने कोही गरिब थिए ।
उनीहरुलाई बिहान बेलुका खान लाउन पनि धौधौ पथ्र्यो । यस गाउँका मानिसहरु गरिब मान्छेलाई हेलाको दृष्टिले हेर्ने गर्थे भने धनी मानिसलाई असाध्यै मान सम्मान गर्थे । यहाँका मानिसहरु निकै तनावपूर्ण जीवन बाँचिरहेका थिए ।
दुधौली गाउँमा एउटा परिवार बस्थ्यो । यो परिवार गरिब भए तापनि सबैको भलो गथ्र्यो । अरुलाई आफूले सकेको सहयोग गथ्र्यो । यस गाउँका धनी मानिसहरुले यो परिवारलाई मन पराउँदैनथे । गरिबहरुले चाहिँ यस्तो परिवार अन्त कतै नपाइने भनेर यो परिवारलाई गरिबहरुको नाइके मानेका थिए ।
यो परिवारमा आमा इन्दिरा थिइन्, हरिमान बुबा थिए । यिनीहरुका तीन जना छोरा र एक छोरी थिए । दिनेश, रमेश र हिमेश छोराहरुको नाम थियो भने गुराँस छोरीको नाम थियो ।
रमेश, हिमेश र गुराँस सधैँ सँगै विद्यालय जान्थे । दिनेशको भने एउटा अर्कै कहानी थियो । दिनेशलाई कसैले वास्ता गर्दैनथ्यो । ऊ विद्यालय पनि नगइ घरको आँगनमा लठ्ठीले चित्र कोरेर बस्थ्यो । गाउँलेहरुले त्यो परिवारलाई सुखी र खुसी देख्थे तर परिवारले दिनेशलाई सधैँ बिर्सन्थ्यो । आमाले छोराछोरीलाई खाना खान बोलाउँदा पनि “ए ! रमेश, हिमेश, गुराँस खाना खान आओ” भन्थिन् । दिनेशलाई बोलाउन बिर्सिन्थिन् र अन्तिममा, “ओहो ! दिनेश तँलाई बोलाएकी थिएँ किन कानमा तेल हाले झैँ गरिस?” भन्थिन् । दिनेश यस्तो कुरा मनमा राखी दुःखी हुन्थ्यो ।
आज भन्दै भोलि भन्दै दिनेश १५ वर्षको भयो । दिनेश दिन प्रतिदिन रिसाहा हुँदै गयो । ऊ चुरोट र रक्सी खाने केटो त थिएन तर उसको बोली चाहिँ अलि बढी कडा थियो । गाउँलेहरुले दिनेशलाई जिस्क्याउँदै “तिमीलाई खोलाबाट टिपेर ल्याएको हो नि ?” भन्थे । दिनेशलाई कसैले वास्ता नगरेकाले ऊ अरुसँग राम्रोसँग बोल्दैनथ्यो र उसले साथी पनि बनाउन सकेको थिएन ।
“दिनेश! स्कुल छिटो जा भनेको सुनिनस्?” आमाले कराइन् ।
दिनेश विद्यालयको कक्षा नौमा फेल भएको कारण उसले सोही कक्षा दोहोर्याइएको थियो । ऊ छिटो छिटो लुगा लगाएर आफ्नी बहिनीलाई साइकलमा चढाएर स्कुल गयो । बाटामा जाँदै गर्दा १७, १८ वर्षका केटाहरु जम्मा भएर चुरोट तानिरहेको दिनेश र गुराँसले देखे ।
“ओहो! गुराँस तँ त फूल जस्तै राम्री छेस् ।” एउटा केटाले गुराँसलाई जिस्क्याउँदै भन्यो ।
“सही भन्यौं यार तिमीले । गुराँस तिमीलाई म स्कुल पुर्याइदिन्थेँ नि किन यो तिम्रो दाइ चाहियो र ?” अर्काे केटाले जिस्किँदै भन्यो ।
दिनेशले यी सबै गतिविधि हेरिरहेको थियो । उसलाई धेरै नै रिस उठ्यो र ती गुराँसलाई जिस्क्याउने केटालाई मुक्का हान्दियो । ती केटाहरुको समूहले दिनेशलाई पिट्न थाले ।
यत्तिकैमा बाटो हिँडिरहेका मान्छेले उनीहरुको झगडा देखे र उनीहरुलाई रोके । उनले दिनेश र उसकी बहिनीलाई घर पु¥याइदिए । दिनेशको अनुहार फुलेर रातो र निलो भएको थियो । आमाले दिनेशको अनुहार हेर्दै चिच्याएर कराउन थालिन् ।
गुराँसले आमासित “के भयो र चिच्याउनु भएको भनेर सोधिन् ।” “तिमी चुप लाग ! तिम्रो दाइले अत्ति गरिसक्यो । अब त झगडा पनि गर्न थालिस् होइन् ? यही दिन देख्न बाँकी थियो होइन तँबाट ?” भन्दै आमा कराइन् ।
“त्यस्तो नभन न इन्दिरा” भनेर हरिमानले सम्झाउन खोजे तर उनले मानिनन् ।
“होइन ! दिनेश तँ यो घरबाट निस्किहाल, तेरो अनुहार नदेखा यहाँ !” भन्दै कराउन थालिन् इन्दिरा ।
दिनेश केही नभनी सरासर आफ्नो कोठाभित्र गएर आफ्ना लुगाहरु र कहिलेकाहीँ कसैले दिएर बचाएको पैसा झोलामा हालेर घरबाट बाहिर निस्कियो । कहाँ जाने उसलाई थाहा थिएन । ऊ जहाँ जान मन लाग्यो त्यतै गयो । हिँड्दा हिँड्दै साँझ परिसकेको थियो । उसले बाटामा बस्ने ठाउँ देखेर त्यहाँ आराम गर्न बस्यो । आराम गर्दै गर्दा ऊ त्यहीँ निदायो । बिहान भएपछि ऊ उठ्यो र नजिकैको चिया पसलमा चिया नास्ता गर्यो । त्यसपछि ऊ फेरि आफ्नो बाटोतिर लाग्न तयार हुँदै गर्दा एउटी बुढी हजुरआमालाई बाटामा हिँडिरहेको उसले देख्यो । ती आमाले फाटेको लुगा लगाएकी थिइन् । दिनेशले ती बुढी आमालाई पानी किनेर दियो ।
केही समयपछि आमाले भनिन्, “बाबु, तिमी त देवताको छोरो होै । तिमीलाई धेरै धन्यवाद ! मलाई धेरै नै प्यास लागिरहेको थियो र मसँग पैसा नभएर किन्न सकेकी थिइनँ ।”
“केही छैन आमा, अरुको भलो गर्नु सबैको काम हो ।” दिनेशले आमालाई भन्यो । उसले आमालाई चिया पसल लगेर आफ्नै पैसाले नास्ता खुवायो ।
बुढी आमासँग कुरा गर्ने क्रममा दिनेशले आफू घरमा झगडा परेर घर छोडेर हिँडेको बतायो । बुढी आमाले “तिमीलाई कसैले तिम्रो इच्छा के छ भनी सोध्यो भने तिमी के भन्छौ?” भनी सोधिन् ।
दिनेशले केही धेरै बेर सोचेर भन्यो, “मेरो परिवारलाई पैसाको कमी कहिल्यै नहोस् र मेरो परिवार सधैँ खुसी रहोस्”
“तिमीले त दुई ओटा इच्छा भन्यौ । एउटा मात्र भन भनी आमाले भनिन् ।”
दिनेशले भन्यो “ए त्यसो भए मेरो परिवारले म नभए पनि जहिल्यै हाँसी खुसीले समय बिताउन पाउन् ।”
आमाले “म तिम्रो इच्छा पुरा गर्दिन्छु तर एउटा सर्तमा । तिमी कहिल्यै पनि घर फर्कन पाउने छैनौ ।” भनिन् ।
दिनेशले म फर्के पनि मेरो परिवारले मलाई स्वीकार गर्दैन म नगए सधैँ खुसी त हुन सक्छन् नि भन्ने सोच्यो र भन्यो, “ल आमा, मेरो इच्छा पुरा गर्दिनुहोस् । मलाई मेरो परिवार खुसी होस भन्ने चाहना छ । आमाले दिनेशको इच्छा पुरा गर्दिन्
दिनेशको घरमा आमा अझै रिसाउँदै बसिन्, हरिमान चिन्ताले पीडित थिए । गुराँस कोठामा एक्लै बसिरहन थालिन् । देवीले बुढी आमाको रूप लिएर आएकी थिइन् । उनले दिनेशको इच्छा पूरा गरिदिएपछि दिनेशको परिवारमा एकाएक हाँसो फर्कियो सबै जना दिनेशलाई बिर्सिएर खुसीसाथ बस्न थाले । दिनेश गाउँको पसलमा काम गर्न थाल्यो । बेलाबेलामा घरको याद आउँदा अन्य गाउँ डुल्थ्यो तर आफ्नो गाउँ कहिल्यै फर्केन । परिवारको याद आए पनि ऊ बलियो भएर जीवन बिताउन थाल्यो ।