Skip to main content

सफलता

आभाष थापा

कक्षाः नौ

राजेशका सुरुका वर्षहरु अत्यन्त कठिन थिए । गरिबी व्याप्त भएको सानो गाउँमा हुर्केको उसले सानैदेखि जीवनको कठोर दुःखको सामना गर्नुपर्यो । ऊ र उसकी आमालाई एक्लै छाडेर उसका बुवा ऊ पाँच वर्षको उमेर हुँदा नै परलोक भए ।

उसको जीवनमा अर्को घटना घट्यो । उसकी आमाले पनि उसलाई टुहुरो बनाएर सधैँका लागि बिदा भइन् । राजेश एक्लो भयो । एउटा सानो बालक शोकको बोझ र बाँच्नको लागि कठोर सङघर्ष गर्न विवश भयो । केही समय त गाउँलेले खाना दिए तर यो सधैँ रहेन । जेनतेन ऊ आफैँ खाना बनाउने र खाने गर्न थाल्यो ।

एक दिन एक जना नौलो मानिस गाउँमा आए । ती मानिसले राजेशलाई देखे । टुहुरो एक्लो बालक देखेर ती मानिसले राजेशलाई धर्मपुत्र बनाउने मनसाय गरे र गाउँलेसित कुरा गरी राजेशलाई काठमाडौँ लिएर गए । काठमाडौंँ उपत्यकामा राजेशले नयाँ परिवार र नयाँ जीवन पायो । यो उसको जीवनमा निकै ठुलो परिवर्तन थियो । उसलाई मायालु र सहयोगी वातावरणमा स्वागत गरिएको थियो । जसले उसलाई आफ्नो विगतको आघातलाई निको पार्न मदत गर्यो ।

जब राजेश ठुलो हुँदै गयो तब उसले आफ्ना विगतका अनुभवहरुबाट भावी जीवन अर्थपूर्ण बनाउने दृढ सङ्कल्प गर्यो उसले भोगेका कठिनाइहरुले उसले आफ्नो लागि मात्र नभई अरूको लागि पनि राम्रो काम गर्ने सोच बनायो ।

राजेशका लागि परिवारको सहयोग यथेष्ठ थियो । यो अवसरलाई उसले भरपुर सदुपयोग गर्यो । उसले जीवनमा आएका हरेक अवसरहरुलाई आत्मसाथ गर्दै गयो । उसको रुचि व्यापारमा थियो । ऊ एक उद्यमी बनेर आफ्नो समुदायको उत्थान गर्ने र यस्तै सङ्घर्षको सामना गर्ने अरूहरुका लागि अवसरहरु सिर्जना गर्न चाहन्थ्यो ।

विगतका घाउ र कष्टका कारण साथी बनाउन उसलाई चुनौती सामना गर्नुपरेको थियो । दुर्भाग्यवश केही सहपाठीहरुले उसको मनोभावना बुझेनन् र उसको विगतको कुरालाई लिएर हेयको दृष्टिले हेर्थे । राजेशलाई केही बदमास साथीहरुले हेला गर्ने र कहिलेकाहीँ धक्का लगाउन पनि पछि पर्दैनथे । उसलाई बदमासहरुले दिएको मानसिक पीडाको सामना गर्न साँच्चै गाह्रो परेको थियो ।

राजेशको सोच र यात्रा चुनौतीपूर्ण थियो । तर पनि ऊ त्यही चुनौतीपूर्ण बाटो हिँड्यो । उसले बाटोमा अनगिन्ती अवरोधहरुको सामना गर्नुपर्यो । आर्थिक अवरोध पनि धेरै भोगनुपर्यो । तर पनि उसले यी अवरोधहरुलाई स्वीकार गरेर अगाडि बढिरह्यो । दृढ संकल्प र अटल मनोभावका साथ उनले आफ्नो सपनालाई वास्तविकतामा परिणत गर्ने बाटोमा लागिरह्यो ।

स्ता अप्ठ्याराहरुको बिचमा पनि राजेशले आभाष र अर्नभजस्ता असल मित्रको साथ पाएको थियो । यी दुई साथीहरुले उसलाई परेको अप्ठ्यारामा सहयोग गरे । ती साथीहरुले राजेशको अतीतभन्दा पनि वर्तमानलाई चिने र उभित्रको इच्छाशक्तिलाई मलजल गर्ने काम गरे ।

आफ्ना सच्चा साथीहरुको साथमा, राजेश आफ्नो विगतको घाउ निको पार्न र अगाडि बढ्न थाल्यो । तिनीहरु उसको पक्षमा मात्र उभिएनन् । उसलाई शैक्षिक क्षेत्रमा पनि पछि नपरोस् भनीे पढाइमा पनि मदत गर्न थाले । राजेशका साथीहरुले उसको व्यक्तिगत विकासमा महत्वपूर्ण भूमिका खेले र उसको आत्म–विश्वास निर्माण गर्न मदत गरे ।

समय बित्दै जाँदा राजेशका साथीहरुको समुह बढ्दै गयो र ऊ स्कुलमा झन् लोकप्रिय भयो । आभाष र अर्नभबाट उसले अनुभव गरेको दया र सहानुभूतिले गर्दा अन्य साथीबाट पाएको पीडा पनि सामान्य हुँदै गयो । राजेशको वास्तविक चरित्र र सकारात्मक मनोवृत्तिले धेरै साथीहरुलाई आकर्षित गर्यो।

शिक्षकहरुले पनि उसलाई माया गर्नुहुन्थ्यो । राजेश पनि आफ्नो मनपर्ने शिक्षकहरुको साथ पाउँदा आफूलाई भाग्यशाली महसुस गर्थ्यो।

राजेशको जीवनयात्राभरि राजेशका आमाबाबु पनि प्रेरणाका स्रोत थिए । उनीहरुले उसलाई उज्वल भविष्यका लागि विभिन्न अवसरहरु प्रदान गरे र सधैँ उसलाई आफ्ना सपनाहरु पूरा गर्न प्रोत्साहन गरिरहे । परिवारको निःस्वार्थ प्रेम र उमाथिको विश्वासले राजेशलाई समस्यासँग सामना गर्ने, चुनौतीहरु पार गर्न बल मिल्यो ।

राजेश र आभास मिलेर उनीहरुको इच्छाबमोजिम होटल व्यवसायतिर लागे । उनीहरु मिलेर काठमाडौँको हात्तीगौँडामा एउटा राम्रो होटेल खोले । त्यसलाई सफल बनाउन उनीहरुले दिनरात मिहिनेत गरे । देशविदेश घुमेर त्यहाँका व्यवसाय गर्ने तरिकाहरु सिके । नयाँ खोज र नयाँ क्षितिज खोज्न उनीहरुले आफ्नो प्रयास जारी राखे ।

नभन्दै होटेलले सफलता पायो । यो सफलताले उनीहरुलाई झन हौसला मिल्यो । उनीहरुले आफ्नो व्यवसाय काठमाडौंबाहिर विस्तार गर्दै नेपालका विभिन्न सहरमा होटेल खोल्न थाले । तिनीहरुको होटेलमा पाइने खानाको फरक स्वादले गर्दा उनीहरुका होटेलहरु देशभर प्रसिद्ध भए ।

उनीहरु व्यवसायमा सफल हुँदै गए पनि उनीहरुले आफ्नो धरातल कहिल्यै बिर्सेनन् । राजेशले आफू सानो हुँदा आफूजस्तै अन्य मानिसहरुका लागि केही गर्छु भन्ने कुरा सोचेको थियो । सोहीबमोजिम तिनीहरुले स्थानीय किसानहरुलाई सहयोग गर्न कार्यक्रमहरु सुरु गरे ।

स्थानीय अर्थतन्त्रलाई बढावा दिन तिनीहरुले आफ्नो होटेलका लागि तिनै किसानहरुको तरकारी तथा फलफूल प्रयोग गर्ने घोषणा गरे । स्थानीय किसानले जति मात्रामा तरकारी, दुध तथा फलफूल उत्पादन गरे पनि आफूहरुले लिने कुरा गरेर प्रोत्साहन गरे । यसले गर्दा किसानहरुले पनि आफ्नो उत्पादनको राम्रो मूल्य पाए र होटेलले पनि ताजा तरकारी तथा फलफूल पायो । स्थानीयहरुको आर्थिक अवस्था केही मात्रामा सुध्रियो । उनीहरुले समाजमा बालबालिकाको शिक्षाको लागि विद्यालय पनि खोलिदिए । उनीहरुको सफल र प्रेरणादायी कथा टाढा–टाढासम्म फैलियो । यसले मिडिया र आउटलेटहरुको ध्यान आकर्षित गर्यो। उनीहरुले सफल उद्यमी पुरस्कारहरु पनि प्राप्त गरे । उद्यमीहरुका लागि राजेश र आभाष आदर्श बन्न पुगे ।

तिनीहरुका हाटेलहरुले साम्राज्य कायम गर्ने क्रम जारी नै थियो । नेपालमा मात्र नभई छिमेकी देशहरुमा पनि शाखाहरु खोल्न थाले । राजेश र आभाषको विरासत अझै पनि जीवित छ ।

वर्ष बित्दै जाँदा राजेश र आभाषको मित्रता झन् बलियो हुँदै गयो । तिनीहरुले जीवनयात्रामा सिर्जना गरेका सुख दुःखका सम्झनाहरुको कदर गर्दै सफलताको प्रत्येक पाइलामा सँगै साथै भए ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children