Skip to main content

भाग्य

विशालराज खनाल

कक्षाः दश

एलिस उसका बुबाआमाको एक्लो सन्तान थियो । ऊ हरेक कुरामा आफ्नो भाग्यलाई दोष दिने गथ्र्यो । छोराको यो कुलक्षण देखेर बुवाआमा हैरान भएका थिए ।

एक दिनको कुरा हो, एलिस हिँडेर स्कुल जाँदै थियो । ऊ स्कुल पुगेर सधैँझै पढ्न थाल्यो । सुरुका केही घन्टीहरु आनन्दले गए । ऊ खाजा खाने समयमा स्कुलको क्यान्टिनमा खाजा खान गयो । उसले खाजामा आलु पुरी देख्यो र आफूलाई मन नपर्ने भएका कारण नखाने निश्चय गर्यो ।

त्यसपछिको कक्षाहरुमा उसको पेट कराउन थाल्यो । उसलाई अत्यन्तै भोक लाग्यो । ऊ भोकले रन्थनिँदै आफ्नो घर पुग्यो र सुरुमा जे भेट्यो, उसले मुखमा हालिहाल्यो । उसले सधैझै आज पनि आफ्नो भाग्यलाई दोष दिन थाल्यो ।

एलिसको यस्तो चाल देखेर बुबाले भने, “हेर छोरा यो तिम्रो भाग्य बिग्रेको होइन, तिम्रो कर्मले यस्तो भएको हो ।”

एलिसले जिज्ञासु भएर सोध्यो, “मेरो कर्मले, कसरी ?”

उसका बुबाले भने, “हेर छोरा तिमीले आज स्कुलको खाजा खाएनौ । त्यसैले भोकले रन्थनियौ । तिम्रो भाग्यले गर्दा यस्तो भएको होइन । तिमी पनि त मानिस नै हौ । खाजा नखाए पछि त भोक लागिहाल्छ नि । यसमा भाग्यलाई दोष दिनुपर्ने कारण नै छैन ।” बुवाको यस्तो कुरा सुनेर एलिसले बुझेजस्तो गरी टाउको हल्लायो ।

भोलिपल्ट उसका आमाबुवाले उसलाई खुसी बनाउन घुमाउन लाने निधो गरे । उनीहरुले यो कुरा छोरालाई सुनाए । यो कुरा सन्दा पनि ऊ उत्साहित भएन ।

एलिस सधैँझैँ स्कुल गयो । नियमित रूपमा पढाइ हुँदै थियो । उसलाई मनपर्ने खेलकुदको कक्षाको पालो आयो । ऊ र उसका साथीहरु भकुन्डो खेल्दै थिए । यत्तिकैमा उसले हानेको भकुण्डोले एउटा गमला फुट्यो । यो देखेर ऊ लगायत उसका साथीहरु कुलेलम ठोके ।

त्यसपछिको कक्षामा गुरुले गमला फुटेको बारेमा छलफल गर्नुभयो । छलफलका क्रममा एलिसले फुटाएको पत्ता लाग्यो र उसले सजाय पायो ।

एलिस स्कुलबाट घर फक्र्यो । एलिसको अनुहार निकै अँध्यारो थियो । छोराको यो रुप देखेर बुवाआमाले सोधे “बाबु के भयो ?”

एलिसले भन्यो, “आज स्कुलमा भकुण्डो खेल्दा अन्जानमा मैले एउटा गमला फुटाइदिएँ र सजायको भागिदार हुनुपर्यो।”

एलिसका बुवाले उसलाई सम्झाउँदै शान्त पार्ने कोसिस गरे । उनले एलिसको मुहारमा मुस्कान ल्याउन उसलाई घुमाउन लगे । आफ्नो बुवाआमासँग रमाइला पलहरु बिताए पनि एलिस निराश नै भइरह्यो । यो देखेर एलिसका बुवाआमा चिन्तित भएर घर फर्किए ।

घर फर्किए पछि एलिस आफ्नो कोठामा गयो र सुत्ने तर्खर ग¥यो । यसैमा उसका आमाबुवा भने तल बैठकमा छलफल गर्दै थिए । बुवाले भने, “होइन के भएको हो कुन्नि यसलाई, गल्ती त भइहाल्छ नि । गल्तीबाट सिक्नु र आफ्नो मनलाई दरो पार्नु त कता हो कता अझ ऊ त आफैँ खाल्डामा पो पस्न खोज्छ त ।”

एलिसका बुवाले केही सोचे अनि उसकी आमासित भने, “हेर, एलिसकी आमा हामीले यसलाई धेरै सम्झाइ बुझइ गरिसक्यौँ । तर केही चलेन । अब त केही सोच्नै पर्छ ।

भोलिपल्टदेखि एलिसलाई उसले गरेका राम्रा कामका लागि पुरस्कृत गर्न थालियो । यो देखेर एलिस आश्चर्यमा पर्यो । ऊ खुसी हुँदै गयो । ऊ स्कुल पनि जान थाल्यो तर कसैसित नबोली फर्किन्थ्यो ।

उसको यस्तो व्यवहार देखेर उसका आमा बुवाले अझ उसको हेरचाहमा ध्यान दिन थाले । उसको व्यवहारमा परिवर्तन देखिन थाल्यो । यो देखेर उसका बुवाआमा खुसी भए । यो खुसी लामो समय टिकेन ।

एलिसले पहिला जस्तै व्यवहार देखाउन थाल्यो । उसका बुवाआमा दिक्क भएर उसकै कोठामा आएर छलफल गर्न थाले र बुवाले भने, “यो अझै सुध्रेला जस्तो छैन । अब यसलाई दण्ड नै दिनुपर्छ ।”

बुवाको कुरा सुनेर आमाले भनिन्, “विचरा सानै छ दण्ड गर्नु हुन्न ।”

बुवाले जङ्गिँदै भने, एक दिन होइन दुई दिन होइन सधैँ यस्तो गर्छ । अब हामी कति दिन चुप लागेर बस्ने ?”

त्यस दिनदेखि एलिसलाई उसका बुवाले दिनदिनै पिट्न थाले । उसले यो पिटाइलाई भाग्यको खेल भनी स्वीकारिरह्यो । तर उसको बानी परिवर्तन भएन ।

यो प्रकृयाले पनि काम नगरेपछि एलिसका बुवा आमा आजित भए । उनीहरुलाई छोरो सुध्रिन्छ भन्ने विश्वास मरिसकेको थियो । त्यसैले उसलाई वास्ता नगरेर जे गर्न मन लाग्छ गर भनेर उसलाई छोडिदिए । यस्तो अवस्था सिर्जना भएको देखेर एलिसका आँखा रसाए । ऊ आफ्नो कोठामा गएर चुकुल लगाएर बस्यो ।

एलिसको स्कुल जाने बेला भएको थियो । ऊ स्कुल जान भनी घरबाट हिँड्यो तर उसलाई स्कुल जान मन लागेन । ऊ बाटातिर अलमलिन थाल्यो । बाटामा उसले एउटा अशक्त, दुःखी, गरिब मानिसलाई देख्यो । उसका मनमा उत्सुकता जाग्यो र उसले त्यो मानिसलाई प्रश्न सोध्यो, “हजुरलाई के भयो र यहाँ बाटामा बस्नुभएको ?”

गरिब मानिसले जबाफ दियो, “हेर बाबु, म गरिबको कोखबाट जन्मिएँ । मैले गरिबको कोखमा जन्मनुको दोष आफ्नो भाग्यलाई दिएर केही काम नै नगरी बसेँ । जब मैले भाग्य राम्रो बनाउन त कर्म गर्नुपर्छ भन्ने कुरा बुझेँ त्यति बेला धेरै ढिला भइसकेको थियो । त्यसैले म यो अवस्थामा छु बाबु ।”

वृद्धको यस्तो कुरा सुनेर एलिसले पनि आफ्नो सबै कुरा बतायो ।

उसको कुरा सुनेर वृद्धले भने, “बाबु, तिमी र म उस्तै समस्यासँग जुधेका रहेछौँ । तिमीसँग त अझ समय छ, मसँग त त्यो पनि बाँकी छैन । घर जाऊ । बुबाआमाले भनेको मानेर राम्रोसित पढ । समयमै जाग, ईश्वरले तिम्रो साथ दिनेछन् ।”

वृद्धका कुरा सुनेर एलिसका आँखा खुले । ऊ स्कुल नगई घर फर्कियो । उसले सबै घटनाको वृतान्त सुनायो । यो सुनेर बुबाआमा खुसी भए । उसले आमा बुवासित माफी माग्यो र अबदेखि भाग्यलाई दोष नदिई हाँसीखुसीसाथ पढ्ने कुरा गर्यो ।

छोराको यस्तो कुरा सुनेर उसका बुवाआमाले पनि ती वृद्ध मानिसलाई भेट्ने विचार गरे । भोलिपल्ट उनीहरु वृद्ध बसेको ठाउँमा गए । तर त्यहाँ वृद्ध थिएनन् । बरु एउटा चिठी फेला प¥यो । उनीहरुले त्यो चिठी खोलेर हेरे ।

त्यस चिठीमा “बाबु तिमीले मेरो कुरा मान्नुपर्छ । तिमी परिवर्तन भएर आफ्नो पहिलेको जीवन बिताउनुपर्छ । म सधैँ तिम्रो साथमा रहनेछु ।” भन्ने कुरा लेखिएको थियो । यो देखेर एलिसको परिवार छक्क पर्यो। त्यस दिनबाट उनीहरुले पहिलेजस्तै आफ्ना दिनहरु बिताउन थाले ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children