ध्यानको शक्ति
प्रशंसा शाही
अमन चिसो भुइँमा बसेर आकाशमा ताराहरु हेर्दै थियो । रात शान्त थियो । उसले ताराहरु हे¥यो र मनमनै सोच्यो, “के म साँच्चै केही गर्न सक्षम छैन ? के मेरा आमाबाबुले मलाई यति घृणा गर्नुहुन्छ ?”
उसले मनमनै सोचिरहँदा बहिनीले ढोका खोलिन् । बहिनी भातको थाल लिएर अमनको छेउमा बसिन् । अमनले उनलाई हेरेर भन्यो, “मलाई भोक छैन, म खाँदिन !”
बहिनीले अमनलाई जबरजस्ती खाना खान लगाइन् । “हेर ! अमन, म तिम्रा समस्या बुझ्छु, तर जीवनमा सफल हुनको लागि तिमीले कडा परिश्रम गर्नुपर्छ । आमा बुवाले तिमीलाई घृणा गर्दैनन् । आमा बुवालाई मात्र तिम्रो भविष्यको चिन्ता छ ।”
बहिनीले बोल्दा अमनका आँखाबाट आँसु बग्यो । अमनको पढाइ कमजोर थियो । उसलाई खेल खेल्न मात्र मन पथ्र्यो । कक्षामा ध्यान दिन अमनका लागि अत्यन्तै गाह्रो काम थियो । भिडियो गेम र कम्प्युटरबिना अमनको जीवन असम्भव जस्तै देखिन्थ्यो । ऊ स–साना कुरामा सजिलै विचलित हुन्थ्यो ।
अमनका आमाबुवा र शिक्षकहरु उसका लागि धेरै चिन्तित थिए । अमनको कमजोर स्मरणशक्ति देखेर उसका आमाबुवाले
उसलाई ध्यान केन्द्रमा पठाउने निर्णय गरे । अमनजस्ता ध्यान भङ्ग हुने समस्या भएका बालबालिकालाई राम्रो ध्यान केन्द्रित गर्ने सीप र मानसिक शान्तिका लागि ध्यान केन्द्रमा पठाइएको थियो । विभिन्न उमेरका मानिसहरु मानसिक शान्तिको लागि ध्यान केन्द्रमा आएका थिए ।
अमनका बाबुआमालाई छोरामाथि अत्याधिक विश्वास थियो । ध्यानले अमनलाई राम्रो व्यक्ति बन्न र जीवनमा सफल बन्न मदत गर्छ भन्ने विश्वास उनीहरुले गरेका थिए । यो अनुभवले अमनलाई समयको मूल्य बुझ्न पनि मदत गर्नेछ भन्ने उनीहरुको सोचाइ थियो । अमन तीन दिनको लागि ध्यान केन्द्र गयो । त्यहाँ बिहान चार बजे उठ्नु पथ्र्यो । समय तालिका अनुसार काम गर्नु पथ्र्यो । ठीक समयमा उठ्नेदेखि लिएर समयमै खाने र सुत्ने कामलाई कडाइ गरिएको थियो ।
त्यसैगरी, एक दिनमा तेह्रदेखि चौध घण्टासम्म कडाइका साथ ध्यान गर्नु पथ्र्यो । अमनले यो निर्णयलाई सकारात्मक रुपमा लिएको थियो । ऊ आफ्नो व्यवहार परिवर्तन गर्न कटिबद्ध थियो । यो अनुभव अमनका लागि निकै चुनौतीपूर्ण थियो ।
जतिसुकै गाह्रो भए पनि अमन जीवन परिवर्तनका लागि कटिबद्ध थियो । उसले आफूलाई सुधार्न कडा मेहनत गर्यो। यो समयमा अमनले ध्यान र मानसिक स्वास्थ्यको महत्त्व सिक्यो । मोबाइल फोनबिनाका यी तीन दिन अमनका लागि निकै अप्ठ्यारा र चुनौतीपूर्ण थिए तर अमनले चुनौती स्वीकार गर्यो र आफ्नो कमजोरी बुझ्यो ।
अमन सानै भएकै कारण अमनका आमाबुवा आफ्नो छोराको लागि निकै चिन्तित थिए यद्यपि त्यहाँ अमन जस्ता धेरै साना केटाकेटीहरु थिए जसलाई मानसिक शान्तिको लागि ध्यान गर्न पठाइएको थियो । ध्यान भनेको मनलाई शान्त पार्ने प्रक्रिया हो । यसले जीवनको समग्र गुणस्तरमा पनि सुधार गर्छ ।
मनको शान्ति, आनन्द दुवै ध्यान र प्रार्थनाका लाभहरु हुन् । ध्यानले मनोवृत्ति र आत्म नियन्त्रणमा सुधार गर्दछ । ध्यान गर्दा अमनले आफूमा सकारात्मक परिवर्तन महसुस गर्यो । उसको जीवनमा ध्यानले गर्दा परिवर्तन आयो । ऊ मनलाई नियन्त्रणमा राख्न सक्ने हुनुका साथै उसको स्मरण शक्ति पनि बृद्धि हँदै गयो । अमनका आमाबुवाले पनि आफ्नो छोरामा सकारात्मक परिवर्तन देखे ।