Skip to main content

असल मित्र

सानभी मास्के

कक्षाः पाँच

भर्खर पढाइ सकिएका राहुल र सबिन नामका दुईजना साथीहरु कुरा गर्दै बाटोमा हिँड्दै थिए । उनीहरुको कुराकानी विदेश जानु ठीक कि नेपालमै बस्नु ठीक भन्ने बारेमा थियो । राहुल विदेशमा काम गरे नेपालको भन्दा बढी आम्दानी हुन्छ भन्ने सोच राख्थ्यो । उसलाई विदेश जान मन लाग्थ्यो । त्यही कुरा राहुलले सबिनलाई बतायो । तर सबिनलाई भने आफ्नै देशमा बस्न र आफ्नै देशमा काम गर्न मन लाग्थ्यो ।

सबिनले राहुललाई हामी यो देशका युवाहरु विदेसिनु हुँदैन भन्ने सुझाव दियो । उसले हाम्रो देशलाई हामी सबै मिलेर विकास गर्नुपर्छ भन्यो । आफ्नो देशमा बसे हामी परिवारसँग पनि टाढा हुन पर्दैन भनेर भन्यो । राहुलले भने सबिनको कुरा सुन्नै मानेन । उसले विदेशमा धेरै रमाइलो पनि हुन्छ र कमाइ पनि हुन्छ भन्यो ।

केही महिनापछि राहुलले भिसाको लागि एप्लाई गर्‍यो तर उसको भिसा लागेन । त्यो देखेर सबिनले फेरि पनि आफ्नो देश जस्तो सहज र राम्रो अरु देशमा हुँदैन भनी सम्झाउन खोज्यो ।

सबिनका कुरा नसुनिकन राहुलले पनि फेरि भिसा एप्लाई गयो । यसपालि भने उसको भिसा लाग्यो । उसले सबिनलाई म त अब विदेश जान्छु । त्यहाँ गएर कमाउँछु अनि रमाउँछु । तिमी भने नेपाल मैं पाँच, दश हजार कमाएर बस भनेर जिस्क्यायो ।

सबिनले तिमी पछि पछुतो मान्छौ भन्दै घरतिर लाग्यो ।

बसेर व्यवसाय गर्न थाल्यो । उता राहुलको भने विदेशमा काम नपाएर घर भाडा तिर्न नसकेर आफू बसेको ठाउँ छोडेर सडकमा बस्नुपर्ने अवस्था आयो ।

कामको खोजीमा ऊ गल्ली गल्ली भौतारियो । बल्लबल्ल काम पाए पनि तलब ज्यादै कम हुन्थ्यो । राहुलले धेरै दुःख पायो । उसलाई आफन्तको ज्यादै याद आउँथ्यो । ऊसँग पैसा नभएर ऊ केही खान पाउँदैनथ्यो र ऊ सबिनको कुरा सम्झिदै रुने गर्दथ्यो ।

राहुललाई पछुतो लाग्यो । उसको दिमागमा नेपाल फर्केर आफू पनि सबिनसँग मिलेर केही गर्छु भन्ने आयो । राहुल बल्लतल्ल नेपाल फर्किने पैसा जम्मा गरेर फर्कियो । ऊ नेपाल फर्किएपछि सिधै सबिनको घरमा गयो र सबिनलाई म तिमीसँग मिलेर आफ्नो देशमै बसेर काम गर्छु भन्यो । ढिलै भए पनि राहुलको आँखा खुलेको देखेर सबिन खुसी भयो ।

राहुललाई सबिनले सहयोग गर्‍यो । उनीहरु उद्योग खोल्नतर्फ लागे । उनीहरुको व्यापार व्यावसाय एकदमै राम्रो हुँदै गयो । उनीहरुले आफ्नो देशमा उत्पादन भएको सामान बेचेर विदेशमा पनि पठाउन थाले । उनीहरु आफ्नै देशमा पसिना बगाएर खुसीसाथ जीवन बिताउन थाले ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children