इम्पेरियल वर्ल्ड स्कुलमा साहित्य महोत्सव
इम्पेरियल वर्ल्ड स्कुलमा दुई दिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको छ ।
महोत्सवमा कला, भाषा,गीत, सङ्गीत तथा वाद्यवादन लगायतका विभिन्न क्षेत्रका २२ जना विज्ञले विद्यार्थीसँग सम्बन्धित विषयमा विशेष अन्तरक्रिया गर्ने र विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरूको प्रदर्शनी र नेपाली, अङ्ग्रेजी भाषामा नाटक मञ्चन समेत गरिने इम्पेरियल वर्ल्ड स्कुलले जनाएको छ ।
सो अवसरमा विद्यालयका बालबालिकाहरूले लेखेका नेपाली भाषाको कथा संग्रह परिवर्तनका आभाहरू नामक पुस्तक र अङ्ग्रेजी भाषामा लेखिएको आई विल टेल यु अ स्टोरी पुस्तक विमोचन पनि गरिएको छ ।
वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो अभिनय र गायन यात्राका सुरुवातका दिनहरूको स्मरण गर्दै बालबालिकालाई स्कुल पढ्दा देखि नै साहित्य, कलामा सिक्ने अवसर पाएको भन्दै सुवर्ण अवसरको सदुपयोग गर्न आग्रह गरे ।
उनले यस्तो महत्त्वपूर्ण महोत्सवले इम्पेरियल वर्ल्ड स्कुलका विद्यार्थीलाई सानो उमेर देखि नाटक, कथा, कविता लेखन, चित्रकला र नाटकमा अभिनय गर्न प्रेरित गर्ने बताए ।
स्कुलका संस्थापक अध्यक्ष कुमार कार्कीले आजका विद्यार्थी भोलि देशका कर्णधार हुन्, भन्ने नारालाई साकार पार्न विद्यार्थीको सिर्जना तथा सीपयुक्त क्षमतालाई प्रस्फुटन गराउनका लागि विद्यार्थीहरूका रचनालाई पुस्तकका रूपमा प्रकाशित र लोकार्पण गरिएको बताए ।
त्यसैगरी स्कुलका प्रधानाध्यापक जुनीता शाही कार्कीले विद्यार्थीहरूलाई नेपाली ÷ अङ्ग्रेजी दुवै भाषामा कथा, गीत, कविता लेखन, नाटकमा अभिनय तथा चित्र बनाउने कलाको विकासमा निखारता ल्याउन सहज होस भन्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताइन ।
Credit: