काठमाडौं । नेपाल लगायत बाह्र देशका कलाकार सम्मिलित लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण आजबाट सुरु हुँदै छ । महोत्सवमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, यूके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया र ब्राजिलका कलाकारको नाट्य प्रस्तुति रहने छ ।
यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन् । बालबालिकासँग नाट्य कार्यशाला समेत हुनेछ । बाह्र देशका पचास भन्दा बढी कलाकार आआफ्ना देशका वेषभूषा लगाएर झन्डा बोकेर एकैसाथ एकै ठाउँमा देखिँदा बगैंचाजस्तै देखिने महोत्सव निर्देशक टंक चौलागाईं बताउँछन् ।
विभिन्न देशबाट आएका कलाकारलाई ६ दिने बसाईमा काठमाडौं, भक्तपुर र लतितपुरका विभिन्न ठाउँ भ्रमण गराइने आयोजक इम्पेरियल वर्ल्ड स्कुलले बताएको छ ।
आजबाट सुरु हुने नाट्य महोत्सवमा सोमबार नै उद्घाटनपछि आयोजक स्कुल, ब्रजिल र बङगलादेशको प्रस्तुति छ । मंगलबार जापान, यूके,थाइल्यान्ड, लातिभया, इरानको प्रस्तुति रहेको छ । बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहेको छ । बिहीबार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ ।
सोमबार हुने नाट्य महोत्सवमा उद्घाटनपछि आयोजक स्कुल, ब्राजिल र बंगलादेशको प्रस्तुति हुने छ भने मंगलबार जापान, युके, थाइल्यान्ड, लातिभया र इरानको प्रस्तुति हुने छ । बुधबार जोय हाउस, कलेक्टिभ नेपाल र ?श्रीलंकाको प्रस्तुति साथै विहिबार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकाको नाटक मञ्चन हुने छ । शुक्रबार भने श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि समापन हुनेछ ।
नाटक मञ्चन समय हरेक दिन १०ः३०, १ः०० र ५ः०० बजे रहने आयोजकले बताएको छ ।