Skip to main content

लालाबालाको काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरू

| Media Coverage

काठमाडौं । नेपाल लगायत बाह्र देशका कलाकार सम्मिलित लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण आजबाट सुरु हुँदै छ ।

इम्पेरियल वर्ल्ड स्कुलमा हुने महोत्सवमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, यूके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया र ब्राजिलका कलाकारले नाट्य प्रस्तुति दिनेछन् ।

यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन् । बालबालिकासँग नाट्य कार्यशाला समेत हुनेछ ।

विभिन्न देशबाट आएका कलाकारलाई ६ दिने बसाईमा काठमाडौं, भक्तपुर र लतितपुरका विभिन्न ठाउँ भ्रमण गराइने आयोजक इम्पेरियल वर्ल्ड स्कुलले बताएको छ ।

आजबाट सुरु हुने नाट्य महोत्सवमा सोमबार नै उद्घाटनपछि आयोजक स्कुल, ब्रजिल र बङगलादेशको प्रस्तुति छ । मंगलबार जापान, यूके/थाइल्यान्ड, लातिभया, इरानको प्रस्तुति रहेको छ । बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहेको छ । बिहीबार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ । शुक्रबार श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि समापन हुनेछ ।

नाटक मञ्चन समय हरेक दिन १०ः३०, १ः०० र ५ बजे रहनेछ ।

International World School Advertisement