महोत्सवमा विभिन्न १२ देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन्। सो अवसरमा बालबालिकासँग नाट्य कार्यशालासमेत हुनेछ।
काठमाडौँ– नेपालसहित १२ देशका कलाकार सम्मिलित लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण इम्पेरियल वर्ल्ड स्कुलको प्रेक्षालयमा जारी छ।
महोत्सवमा नेपाल, भारत, बांग्लादेश, श्रीलंका, इरान, थाइल्यान्ड, बेलायत, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया र ब्राजिलका कलाकारले नाट्य प्रस्तुति दिइरहेका छन्।
यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन्। सो अवसरमा बालबालिकासँग नाट्य कार्यशालासमेत हुनेछ।
सोमबार शुरू भएको महोत्सवमा पहिलो दिन आयोजक स्कुलको प्रस्तुति नाटक ‘बच्चा माई बच्चा’ र बांग्लादेशको नाटक ‘मिट्टिकर फुल’ मञ्चन भएको थियो।
दोस्रो दिन बेलायतको ‘एब्स्ट्रेक शो’ र इरानी प्रस्तुति ‘ईम्प्याथी’ले दर्शकको मन जितेको थियो। बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहेको छ।
यस्तै, बिहीबार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ। शुक्रबार श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि समापन हुनेछ।