Skip to main content

पुस्तक समीक्षा प्रतियोगिता | कक्षा १–३

11 August 2026

कक्षा १–३ पुस्तक समीक्षा प्रतियोगिता

पुस्तकसँगको मित्रता सानै उमेरदेखि विकास गर्ने उद्देश्यले इम्पेरियल वर्ल्ड स्कुलमा कक्षा १ देखि ३ सम्मका नानीबाबुहरूका लागि पुस्तक समीक्षा प्रतियोगिता आयोजना गरिएको थियो। नेपाली विषयअन्तर्गत आयोजित यस प्रतियोगितामा विद्यार्थीहरूले आफूले पढेका पुस्तकका विषयवस्तु, सिकाइ, अनुभव तथा आफ्ना विचारहरू उत्साह र आत्मविश्वासका साथ प्रस्तुत गरे।

यस प्रतियोगिताले विद्यार्थीहरूमा पुस्तक पढ्ने बानीको विकास, आफ्ना विचारलाई सरल र स्पष्ट रूपमा व्यक्त गर्ने क्षमता, ध्यानपूर्वक सुन्ने बानी तथा सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास अभिवृद्धि गर्ने अवसर प्रदान गर्‍यो।

प्रतियोगिताका क्रममा हाम्रा नानीबाबुहरूले आफ्नो प्रतिभा, सिर्जनशीलता र प्रस्तुति कौशलको सुन्दर प्रदर्शन गरे। उनीहरूको उत्साह, आत्मविश्वास र मनमोहक प्रस्तुतिले कार्यक्रमलाई अ

यस्ता गतिविधिहरूले बालबालिकालाई पुस्तकसँग नजिक बनाउँदै पढ्ने, सोच्ने, बुझ्ने र आफ्ना विचार व्यक्त गर्ने संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन्।

पढौँ • बुझौँ • सिकौँ • विचार सुनाऔँ!

हाम्रा प्यारा नानीबाबुहरूलाई निरन्तर पढ्न, सिक्न, सिर्जना गर्न र आफ्ना विचारहरू निर्भीकताका साथ प्रस्तुत गर्न हार्दिक शुभकामना!