हजुरबुबाको बाकस
स्जा पन्त
दसैँको बिदा भएपछि राम शहरबाट आफ्नो गाउँ गयो । धेरै समयपछि गाउँसम्म पुगेको राम निकै खुसी थियो । गाउँको चिसो हावा खेतबारीमा हिलोको गन्ध, बाखा र गाई चरिरहेको यस्ता दृश्यले उसलाई झन रमाइलो लागिरहेको थियो । गाउँको घर पुरानो भए पनि रामलाई धेरै मन पर्थ्यो । घरअगाडि सानो बगैँचा र ठूलो आँपको रूख थियो । त्यही रूखमुनि बसेर राम कहिलेकाहीँ पुस्तक पढ्थ्यो अनि हजुरआमालाई घरधन्दामा पनि सहयोग गर्थ्यो ।
एक दिन बिहान चिसो हावा चलेरहेको थियो । राम छिट्टै उठ्यो । उसले आँगन सफा गरेर पानीले पखाल्यो । काम सकेपछि उसको आँखा पुरानो भण्डार कोठाको ढोकामा पच्यो । ढोका निकै पुरानो, रङ उडेको र कडा धुलो लागेको थियो । रामले मनमनै आज यही कोठा सफा गर्छु भनेर सोच्यो । क कोठा सफा गर्न भित्र छिच्यो ।
राम कोठा सफा गर्दै थियो । उसले कोठामा हजुरबुबाको पुरानो बाकस देख्यो । बाकस निकै पुरानो थियो । सबैभन्दा अचम्म लाग्ने कुरा त ताल्चामा पनि बाघको अनुहार कोरिएको थियो । राम झन उत्साहित भयो । छ ढुङ्गा लिएर ताल्वामा हान्न थाल्यो । केही बेरमा ताल्चा फुट्यो । बाकस खुल्ने बितिकै भित्रबाट हल्का निलो उज्यालो निस्कियो । राम अत्तालिएर एक पाइला पछाडि हट्यो । भित्र हेर्दा कपडा, पुराना कापी, केही नोटबुक साना काठका खेलौना र बिचमा बिहानको घामभौँ हल्का चम्किरहेको रातो रङको एउटा कलम देख्यो ।
रामले कलम उठाउन हात बढायो । "मलाई फेरि बन्द नगर है,, अचानक आवाज आयो | रामले डराएर भन्यो, "कसले बोल्यो, कोही छ भित्र ? "म कलम" त्यो आवाज फेरि सुनियो । राम अचम्ममा पन्यो र कलमले पनि बोल्छ र भन्यो । कलम हल्का चम्कियो र भन्यो, "हो, म, जादुई कलम | म तिम्रो हजुरबुबाको साथी थिएँ । तर धेरै वर्षअघि उहाँले मलाई यहाँ राखिदिनुभयो र बिर्सिनुभयो । म धेरै समय अँध्यारोमा एक्लो थिएँ । आज तिमीले मलाई भेट्यौ ।"
रामले कलमलाई जादुई भनेको के हो अनि कस्तो जादु आउँछ तिमीलाई भन्यो । कलमले खुसीसाथ भन्यो, "तिमीले मलाई प्रयोग गरेर जुन कुरालाई लेख्छौं, त्यो बिस्तारै जीवन्त हुन सक्छ ।“ तर म राम्रो र सद्भावपूर्ण काममा मात्र प्रयोग हुन्छु । म नराम्रा काम गर्न सक्दिनँ ।' रामले हतारिएर तिमी मेरो लागि केके गर्न सक्छौँ, भन्यो | कलमले म तिम्रो पढाइमा चित्र बनाउँदा, कुनै समस्या हुँदा धेरै काम लाग्न सक्छु भन्यो | राम खुसी हुँदै हाँस्यो र भन्यो, "त्यसो भए तिमी मेरो साथी बन्छौ त ?“ त्यस दिनदेखि उनीहरू साथी भए | राम कलमलाई लिएर गाउँ घुम्न थाल्यो | बाटोमा धेरै बच्चाहरू भेटिए । कसैसँग कापी थिएन, कसैसँग कलम थिएन ।
जादुई कलमले रामलाई कानमा बिस्तारै भन्यो, "हामीले अरूलाई पनि मदत गर्न सक्छौँ । प्रत्येक बच्चालाई कापीमा के चाहिएको छ त्यसको चित्र बनाइदियो कसैका लागि कलम, कसैका लागि फूल, कसैका लागि किताब अनि ती चित्रहरू बिस्तारै हल्का उज्यालो सहित जीवन्त हुन थाले । बच्चाहरू छक्क परे | राम दाइ, यो त साँच्चै जादु भयो भन्दै उनीहरूले खुसी भए ।
त्यही साँझ हजुरबुबा घर फर्कनुभयो । रामले बाकस खोलेर हजुरबुबालाई देखाएर साँचो घटनाक्रम सुनायो । हजुरबुबा मुस्कुराउनुभयो र त्यो कलम मेरा युवाकालको साथी थियो | मैले पनि धेरैलाई सहायता गरेको थिएँ । तर उमेर बढेपछि कुनै दिन कुनै असल मन भएका बालकले यसलाई पाउनेछ भन्ने लाग्यो । आज त्यो तिमी पो रहेछौ भन्नुभयो । हजुरबुबाले रामको टाउकोमा हात राख्दै भन्नुभयो "यो कलमले शक्ति त दिन्छ तर शिक्षा पनि दिन्छ | जादुभन्दा ठूलो कुरा हामीमा दयालु मन हुनुपर्छ । यो मन राम्रो रह्यो भने यसले सबैको उद्धार गर्न सक्छ ।' कलमले पनि बिस्तारै राम हाम्रो काम नै सहायता गर्नु हो भन्यो । रामले कलमलाई मनदेखि समात्यो । कलम फेरि मुस्कुराउँदै चम्कियो ।
एकदिन गाउँ नजिकैको जङ्गलमा आगो लाग्यो । हावाले आगो फैलिँदै गयो | गाउँलेहरू तर्सिए । रामलाई डर लाग्यो तर कलमले भन्यो, "राम्रो कामका लागि तिमीले मलाई चलाउनुपर्छ ।“ रामले छिटो कापी निकाल्यो र ठूलो बादलको चित्र बनायो | चित्र चम्कियो उज्यालो फैलियो आकाशमा एकाएक कालो बादल देखा पच्यो । केही क्षणमै पानी पन्यो त्यो भारी वर्षाले जङ्गलको आगो निभ्यो । सबै गाउँलेहरू ढुक्क भए | रामले गाउँलाई बचायो ! सबैजनाले रामलाई धन्यवाद दिन आए । राम अलि लजाएको जस्तै भयो तर कलम खुसीले चम्किरहेको थियो ।
दिन बित्दै गयो । राम अब पढाइमा धेरै राम्रो भयो । उसले चित्र बनाउने कला सिक्यो । गाउँका बच्चाहरूका लागि सहयोग हुने काम गन्यो कसैको विद्यालयका लागि सामान जुटाइदियो, कसैलाई चित्रकला सिकायो । गाउँका सबैलाई राम मन पर्न थाल्यो | समयसँगै राम ठूलो मान्छे बन्यो । क ज्ञानले भरिएको, दयाले भरिएको अनि सहायता गर्न कहिल्यै पछि नपर्ने रामको स्पमा चिनियो । उसको र कलमको मित्रता सधैँ रहिरह्यो ।