असल मित्र
विभान अधिकारी
एकादेशमा हरियालीले ढाकिएको, रूखर-बिरूवाले सुगन्ध फैलाएको एउटा शान्त गाउँ थियो । त्यो गाउँको छेउमा ठूलो वरको रूख थियो जुन हरेक बिहान हजारौं चराहरूको चिरबिरले झनै जीवित जस्तो बन्थ्यो । त्यही रूखमा एउटा पिन्टु नामको सेतो परेवा बस्थ्यो । पिन्टुको एउटा धेरै मिल्ने साथी थियो । उसको नाम पिन्चु थियो । उनीहरू सँगै बस्थे सुख दुःखका कुराकानी गर्थे । तर केही दिनअघि पिन्चु अचानक हरायो । कहाँ गयो, कसलाई भेट्यो, के भयो कसैले थाहा पाएन | पिन्टु साथी हराएको दुःखले खिन्न भएर रूखको फेदमा निन्याउरो मुद्रामा बसिरहन्थ्यो । हावा चल्थ्यो, पात हल्लिन्थ्यो, घाम लाग्थ्यो तर पिन्टुको मुहारमा चमकै थिएन ।
एक दिन बिहानै गाउँको सानो केटो रमन त्यही बाटो हुँदै खेल्दै हिँडिरहेको थियो । अचानक उसको नजर परेवामा पन्यो | ओहो ! यो परेवा किन यस्तो उदास भएर बसेको होला, रमनले आफैसँग भन्यो । परेवाले रमनको आवाज सुन्यो र बिस्तारै उसको छेउमा आयो | परेवाले सानो स्वरमा भन्यो, "के तिमी मेरो कुरा सुन्न चाहन्छौं ?” रमन चकित भएर भन्यो, "तिमी बोल्न सक्छौँ र ?“ परेवा मुस्कुरायो र भन्यो, "हो, म बोल्न सक्छु । तर बोल्नुभन्दा ठूलो कुरा मलाई सहयोग चाहिएको छ ।“ रमन झनै उत्सुक भयो । "कस्तो सहयोग ?” परेवाले बिस्तारै भन्यो, "मेरो सबैभन्दा प्रिय साथी पिन्चु अचानक हरायो । हामीसँगै उड्थ्यौँ सँगै खेल्थ्यौँ तर आजकल न र देखिन्छ न उसको आवाज सुन्न पाइन्छ | मैले धेरै ठाउँ खोजेँ, जताततै घुमैँ तर क भेटिएन । अब त म थकित भइसकैँ । के तिमीले मलाई उसको खोजीमा मद्दत गर्न सक्छौँ ?”
"म अवश्य मद्दत गर्छु !” रमनले दृढतापूर्वक भन्यो | तिम्रो साथी भेटिएन भने पनि म हार मान्दिनँ । परेवाको आँखामा आशाको चमक फर्कियो । रमन र परेवा जङ्गलतिर लागे । कहिले पहाड चढे कहिले झरनाको छेउमा गए | कहिले खोलातिर गए | परेवाले जहाँ-जहाँ पिन्चु बस्थ्यो । ती सबै ठाउँ रमनलाई देखाउँथ्यो । उनीहरूले पिन्चुलाई खोज्ने क्रममा बाँदरहरूलाई सोधे, "के यहाँ सेतो परेवा देख्नुभयो ?” बाँदरहरूले टाउको हल्लाएर हामीले देखेनौं भने | मयूरलाई सोधे, "के तिमीहरूले केही अचम्मको आवाज सुनेका छौँ ?” मयूरले आजभोलि जङ्गल शान्त छ खासै केही आवाज आएको छैन भने तर रमन र परेवा अझै पछि हटेनन् । जङ्गलको अन्तिम छेउमा पुग्दा अचानक परेवाले टक्क रोकिएर भन्यो, "पख रमन मैले केही आवाज सुनेँ ।' दुवै शान्त भएर बसे । थोरै दूरीमा झाडीभित्र कुरकुर गरेको कमजोर आवाज सुनियो ।
परेवा चिच्यायो, "यो त पिन्चुको आवाज हो !” उनीहरू छिटो छिटो दुवै आवाज आएतिर दौडिए ।
भझाडीभित्र एउटा परेवा फसेको थियो । उसको पखेटामा सानो काँडामा अड्किएको थियो त्यसैले उड्न सकेको थिएन । पिन्टुले दौडेर पिन्चुलाई अँगालोमा लियो र भन्यो, "कहाँ गएका थियौ तिमी ? म त निकै डराएको थिएँ | पिन्टुले भावुक हुँदै भन्यो, "म काँडामा फसेर उठ्नै सकेको थिइनँ । धन्यवाद, तिमीहरू नआएको भए म त यहीं अड्किरहन्थँँ । रमन पनि खुसी भयो | उसले पिन्चुको जिउमा अङ्किएको काँडा बिस्तारै निकालिदियो | पिन्चुले आफ्नो पखेटा हल्लायो र क स्वतन्त्र भयो | पिन्टु र पिन्चु दुवै आफ्नो पखेटा फ्याटफ्याट हल्लाउँदै रमनको वरिपरि घुमे । "रमन, तिमीले आज हाम्रो जीवन बचायौ, पिन्टुले भन्यो । हामी तिमीलाई घरसम्म पुन्याएर धन्यवाद दिन चाहन्छौँ । तीनै जना रमाइलो गर्दै गाउँतिर फर्किए ।
हावामा परेवाको मिठो गीत गुञ्जियो रमन त्यो गीत सुन्दै मुस्कुराउँदै हिँडिरहयो । रूखमा पुगेपछि पिन्टुले रमनलाई भन्यो, "साँचो साथी त्यो हो, जसले दुःख-कष्टका बेला साथ दिन्छ । तिमीले त्यो प्रमाणित गन्यौ ।' पिन्चुले पनि भन्यो, 'हामी कहिल्यै तिम्रो उपकार बिर्सने छैनौँ ।“ रमनले हाँस्दै भन्यो, "तिमीहरू दुवै खुसी हुँदा नै म पनि खुसी हुन्छु । त्यसपछि दुई परेवा आकाशतिर स्वतन्त्र भएर पुनः एकजुट भएर उडे | रमन, पिन्टु र पिन्चु त्यो दिनदेखि मिल्ने साथी बने | रमन फुर्सदको समयमा पिन्टु र पिन्चुसँग समय बिताउने गर्थ्यो । उनीहरू रमाइला कुराकानी गर्थे ।
एकदिन रमनका आमा र बुबा सहरतिर जानुभयो । रमन घरमा एक्लै भयो | पिन्टु र पिन्चु पनि रमनसँगै बसे । रमनलाई अचानक ज्वरो आयो | पिन्टु र पिन्चुले रमनको हेरविचार गरे | औषधी र खानेकुरा ल्याएर खुवाए । रमनलाई अलि सन्चो भएपछि पिन्टु उडेर सहर गयो र यो खबर उसको आमा र बुबालाई भन्यो | आमा र बुबा हतार हतार घर फर्कनुभयो । घरमा आफ्नो छोरालाई बिरामी अवस्थामा हुँदा पिन्टु र पिन्चुले हेरविचार गरेको देखेर आमा र बुबा खुसी हुनुभयो । पिन्टु र पिन्चुलाई धन्यवाद भन्नुभयो । रमनका आमाबुबाले पिन्टु र पिन्चुलाई आफ्नो घरमा बस्नको लागि अनुरोध गर्नुभयो । त्यस दिनदेखि पिन्टु र पिन्चु पनि रमनकै घरमा बसे । उनीहरू एकै परिवार बनेर खुसीसाथ बसे ।