Skip to main content

लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु - nepalnews.com

| Media Coverage

नेपाललगायत १२ देशका कलाकार सम्मिलित लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण इम्पेरियल वर्ल्ड स्कुलको प्रेक्षालयमा सोमबारबाट सुरु भएको छ। महोत्सवमा नेपाल, भारत, बाङ्लादेश, श्रीलंका, इरान, थाइल्यान्ड, बेलायत, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकारको नाट्य प्रस्तुति हेर्न पाइनेछ।

यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन्। बालबालिकासँग नाट्य कार्यशालासमेत हुनेछ। विभिन्न देशबाट आइतबार साँझसम्म सबै कलाकार नेपाल आइपुगेका छन्। बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना हुने गरेको छ।

“यो वर्ष अप्ठ्यारो समय हो। यही अप्ठ्यारोमा हामी विभिन्न देशका कलाकार एउटै मञ्चमा उभिएर एक स्वर बनाएर सकारात्मक सन्देश प्रवाह गर्न चाहान्छौँ। हरेक वर्ष नेपालका नाट्य संस्था, रंगकर्मीहरूको साथ, सहयोग पाउँदै गएका छौँ,” महोत्सवका निर्देशक टंक चौलागाईँ भन्छन्।

महोत्सवमा सोमबार नै उद्घाटनपछि आयोजक स्कुल, ब्रजिल र बाङ्लादेशको प्रस्तुति छ भने मंगलबार जापान, यूके/थाइल्यान्ड, लातिभया, इरानको प्रस्तुति रहेको छ। बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहेको छ।

बिहीबार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ। शुक्रबार श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि समापन हुनेछ। नाटक मञ्चन समय हरेक दिन १०:३०, १:०० र ५:०० बजे रहने छ।

International World School Advertisement