संसारकी सबैभन्दा प्यारी मेरी आमा
राम्रो शिक्षादिक्षा दिने मेरी प्यारी आमा ।
विद्यालय पूर्वकी मेरी गुरुआमा
आफू नखाई खुवाउने मेरी प्यारी आमा ।
मेरो सबै काममा मलाई सघाउने
मसँग खेल खेल्दै खुसी भई रमाउने ।
संसारकी सबै खुसी दिने मेरी आमा
संसारको सबैभन्दा मेरी प्यारी आमा ।
मेरी प्यारी आमा मेरी प्यारी आमा
संसारकी सबैभन्दा प्यारी मेरी आमा ।