Skip to main content

पानी

निसृन केसी

कक्षा : दुई (सुनकोशी)

पानी पानी पानी
सबैलाई चाहिन्छ पानी ।
पानी बिना छैन कुनै
प्राणीको जिन्दगानी ।

भूमिका खेल्छ यसले
सबैको प्राण बचाउने ।
नगर्नु पानी दुषित
गर्छ फेरि यसले हानी ।

न त स्वाद यसको
न त रूप रङ्ग ।
पानीको कहानी सुनी
पर्छु म त दङ्ग ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children