Skip to main content

गुरुआमा र गुरुबा

तिष्या ज्ञवाली

कक्षा : दुई (सुनकोशी)

गुरुआमाले राम्रो कथा सुनाउनुहुन्छ
हामीलाई धेरै सजिलो गरी पाठ पढाउनुहुन्छ ।

जति कठिन पाठ पनि सहज गराउनुहुन्छ
ज्ञानी भएर कक्षाकोठामा बसेको मन पराउनुहुन्छ ।

गुरुआमाले हामीलाई राम्ररी लेखाउनुहुन्छ
कहिलेकाहीँ हामीलाई मनपर्ने खेल खेलाउनुहुन्छ ।

गुरुबा र गुरुआमाले हामीलाई नयाँ कुरा सिकाउनुहुन्छ
हामीलाई कठिन शब्दहरु सहज गरी बुझाउनुहुन्छ ।

प्यारी हुनुहुन्छ मेरी गुरुआमा
प्यारो हुनुहुन्छ मेरो गुरु बुबा ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children