मेरो सानो झोला
कता पर्यो होला ?
किताब कापी हालेर
स्कुल जान्थेँ म ।
भोक लाग्दा दिउँसोलाई
खाजा लान्थेँ म ।
माथि खोजेँ तल खोजेँ
कतै देखिन ।
बाहिर हेरेँ भित्र हेरेँ
अहँ भेटिन ।
खाटमुनि झर्यो कि
दराजभित्र पर्यो कि ।
छलगरी कसैले
हाँसी मजाक गर्यो कि ।
मैलो देखि आमाले
धुन लानुभयो कि ।
किनमेल गर्न बाबाले
बजार लानुभयो कि ।
मेरो सानो झोला
कता पर्यो होला ?