आमा हुन् पृथ्वीमा ईश्वरको अर्को रुप
आमा जस्तो छैन यहाँ अर्को कुनै स्वरुप ।
नौ नौ महिना कोखमा राखी सन्तानलाई जन्माउँछिन्
हिँडन, बोल्न, लेख्न, पढ्न उनी सिकाउँछिन् ।
बिहान उठाई तयार पारी स्कुल उनी पठाउँछिन्
कहिले आइपुग्छ भनी बाटो उनी नियाल्दछिन् ।
बिसन्चो भयो भने उनी साह्रै पिर गर्दछिन्
आफू खाना नखाएर हामीलाई खुवाउँछिन् ।
हामी भोकै रह्यौँ भने चिन्ता उनी गर्दछिन्
भविष्यमा सुख पाई रमोऊ सधैँ भन्दछिन् ।