मेरो साथी राम्रो छ
सधैँ साथमा हुन्छ ।
मेरो दुःख–सुखका बेला,
कहिले टाढा जान्न भन्छ ।
हामी सँगै खेल्छौं,
हाँस्छौं अनि रमाउँछौँ ।
जीवनभरि यो मित्रता
सँगैसँगै निभाउँछौँ ।
सजिला बेलामा त
सबैले दिन्छन् साथ ।
तर गारो बेलामा
मेरो साथीकै हुन्छ हात ।
मेरो साथीले मलाई
धेरै माया गर्छ ।
कहिले पनि रिसाउँदैन
मैतिर सर्छ ।
यस्तो साथी पाउँदा
खुसी हुन्छु धेरै ।
असल साथी भनेको
तिमी नै हौ भेरै ।