कस्तो हुन्छ भनेर बाको टोपी लगाएँ । आँखा जम्मै छोपियो अँध्यारो भो डराएँ ।
कस्तो हुन्छ भनेर बाको चस्मा लगाएँ । फननन रिंगायो आत्तिएर कराएँ ।
कस्तो हुन्छ भनेर बाको दौरा लगाएँ । जिउ पुरै ढाकियो मान्छे आफैँ हराएँ ।