मेरी प्यारी बहिनी अहिले सानी छे
हेर्दा पनि राम्री अनि ज्ञानी छे ।
मृग जस्तो आँखा, पीपलपाते ओठ
सुन्दरताको कमी छैन् केही छैन खोट ।
उनी जन्मे देखि घरमा रमाइलो भयो
मैले मिल्ने साथी पाएँ एक्लो दिन गयो ।
मेरी बहिनी हाँस्दा खेल्दा साह्रै खुसी लाग्छ
संसारमा बढी माया बहिनी कै लाग्छ ।