कालो सेतो कोठामा खेलिन्छ चेस
यसमा महत्वपूर्ण हुन्छ गोटी हरेक ।
राजालाई जित्न चालिन्छ है चाल
हात्ती, घोडा आदिले पार्छ चाल विफल ।
चेसले गर्छ हाम्रो बुद्धिको विकास
मन्त्रीको शक्ति हुन्छ यो खेलमा खास ।
चालहरु चाल्दा दिनुपर्छ ध्यान
खेल जित्ने खेलाडीको हुन्छ सम्मान ।
चेस खेल्दा बन्नुपर्छ अनुशासित
राम्ररी खेल्यो भने भइन्छ खप्पिस ।
खेस खेल्दा हुनु हुन्न हार्दैमा हतास
बुद्धि लगाई खेलेमा पाइन्छ स्याबास ।