Skip to main content

मेरो बुवा

अनुराग भण्डारी

कक्षा : पाँच (भेरी)

मेरो बुवा हुनुहुन्छ प्यारो
उहाँको मन छ धेरै राम्रो ।

बुवा हो मेरो बाँच्ने आधार
उहाँ हुनुहुन्छ मेरो जीवनको सार ।

बुवा हुनुहुन्छ शक्तिशाली
उहाँ नहुँदा जीवन हुन्छ खाली ।

बुवा लिनुहुन्छ मेरो दुःख
उहाँ दिनुहुन्छ मलाई सुख ।

मेरो बुवा हुनुहुन्छ मिहिनेती
उहाँ धेरै हुनुहुन्छ सहयोगी ।

बुवा हुनुहुन्छ मेरो गुरु
उहाँले गर्दा मेरो जीवन सुरु ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children