Skip to main content

बिच्छु र कमिलो

मालिया उपाध्याय

कक्षा : पाँच (भेरी)

एउटा गाउँमा बिच्छु र कमिलो दुई साथी बस्थे । उनीहरू गाउँका सबैभन्दा मिल्ने साथी मानिन्थे । कमिलो शान्त दयालु र सबैलाई सहयोग गर्ने स्वभावको थियो | तर बिच्छु भने अलि चञ्चल, छिट्टै रिसाउने र अरूलाई जिस्क्याउन मन पराउने स्वभावको थियो | कहिलेकाहीं बिच्छुले उसका साथीहरूलाई खेल्दा धक्का दिने र मजाक गर्दै हाँसिरहने गर्थ्यो । त्यसैले धेरैजसोले उसलाई मन पराउँदैनथे । तर कमिलोले भने हरेक पटक उसको गल्ती माफ गर्थ्यो र मुस्कुराउँदै भन्थ्यो, 'बिच्छु राम्रो व्यवहार गर ।“ सबैले तिमीलाई मन पराउनेछन्‌ |

केही दिनपछि कमिलोको जन्मदिन आयो | बिच्छु त्यस दिन धेरै खुसी थियो | दुबै जनाले दिनभरि खेल खेले मिठो खाना खाए र रमाइलो गरे । साँझ ढिलो भएकाले कमिलो बिच्छुको घरमै सुत्ने भयो सुत्नुअघि उनीहरू दाँत माझून गए । कमिलोलाई ब्रसमा मन्जन हालिदिन भनेपछि चकचके विच्छुले मन्जनको सट्टा रातो पिरो अचार हालिदियो । कमिलोले ब्रस मुखमा राखेबित्तिकै उसको मुख पिरो भएर आँखाबाट आँसु झन्यो ।

उसले दुःखी हुँदै भन्यो, "बिच्छु यो त ठीक भएन ।' छ तुरून्तै घर फर्कियो । भोलिपल्ट चउरमा कमिलो अरू साथीहरूसँग बसेको थियो | बिच्छुले कमिलालाई यहाँ बस्न आउ न भनेर बोलायो तर कमिलोले शान्त स्वरमा भन्यो, 'बिच्छु तिम्रो मजाकले मलाई धेरै चोट लागेको छ । आज म तिमीसँग बस्दिनँ ।” यो कुरा सुनेर बिच्छुको मन धेरै दुःखी भयो । उसले सोच्यो, "मैले गलत गरेँ । कमिलो किन रिसाएको छ अब मैले बुझौँ ।

एकदिन उनीहरू चउरमा बसिरहेका थिए | त्यही बेला अचानक नजिकैको "कोही मलाई मदत गरिदेर भन्ने सानो रोएको जस्तो आवाज सुनियो । सबै अचम्ममा परेर झाडी नजिक गए | त्यहाँ पुगेपछि उनीहरूले एउटा सानो मुसो झाडीभित्रको पानीको खाल्डोमा फसेको देखे | मुसो निकै डराएको थियो, शरीर पनि काँपिरहेको थियो ।

कमिलोले भन्यो, "साथी हो, यसलाई छिट्टै बचाएन भने सङ्कट पर्न सक्छ ।“ कमिलोले मुसोलाई समातेर निकाल्न खोज्यो तर उ धेरै सानो भएकाले उसको हात नै नपुग्ने भयो । बिच्छु टाढाबाट हेर्दै थियो । सुरूमा क डरायो तर डराउँदै बस्दा त साथी नै सङ्कटमा पर्न सक्छ, म जान्छु भन्ने सोचेर क मदत गर्न गयो । उसले हिम्मत जुटाएर मुसोलाई आफ्नो पुच्छरले तान्यो र बिस्तारै पानीबाट बाहिर निकालिदियो ।

मुसो भिजेको शरीर हल्लाउँदै मुस्कुरायो र भन्यो, 'बिच्छु दाइ मेरो ज्यान बचाइदिनुभएकोमा धन्यवाद ।“

सबै साथीहरू बिज्छु देखेर खुसी भए | कमिलोले भन्यो, "बिच्छु, आज तिमीले साँच्चै राम्रो काम गन्यौ ।' बिच्छुको मन पनि खुसी भयो । उसले पहिलोपटक अरूलाई मद्दत गर्दा त मन नै आनन्दले भरिने रहेछ भन्ने महसुस गच्यो ।

केही दिनपछि बिच्छु कमिलोलाई भेट्न आयो । उसले लजाउँदै भन्यो, "'कमिलो, माफी देर है । मैले तिमीलाई ब्रसमा पिरो अचार राखेर जिस्काएको थिएँ । अब म त्यसरी अरूलाई दुःख दिने काम कहिल्यै गर्दिनँ ।' "कमिलो मुस्कुरायो र भन्यो, म तिम्रो साथी हूँ, माफ गरिसकेको छु तर फेरि गल्ती नदोहसन्याक है ।' बिच्छुले टाउको हल्लाउँदै म वाचा गर्छु अब म त्यस्तो गर्दिनँ भन्यो ।

कमिलोले गर्वले भन्यो, "गल्ती त सबैबाट हुन्छ तर गल्ती पहिचान गरेर सुध्रिनु नै ठूलो कुरा हो ।' दुवै जनाले अङ्कमाल गरे र खुसी भएर बसे |

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children