Skip to main content

सङ्गत

अदानी कर्मचार्य

कक्षा : छ (बरुण)

भक्तपुरको सुन्दर गाउँमा दीपक र रमेश नाम गरेका दुई जना एकदमै मिल्ने साथीहरू थिए । दीपकको परिवार धनी थियो भने रमेश मध्यम वर्गका । मध्यम वर्गका भएका कारणले गर्दा रमेशले जीवनमा धेरै नै अभावको सामना गर्नु पर्थ्यो तर पनि यी दुई साथीबिच कहिल्यै धनी र गरिबको भेद आएन । दुवै जना विद्यालयमा अत्यन्तै मिहिनेत गरेर पढ्थे । एकले अर्कालाई नजानेको र नबुझेको कुराहरूमा सधैँ सहयोग गर्दथे । उनीहरूको मित्रता एकदमै गाढा थियो । उनीहरू सधैँ राम्रो पढेर भविष्यमा डाक्टर बनी देशका लागि केही महत्त्वपूर्ण काम गर्नुपर्छ भन्ने सोच राख्दथे ।

दीपक धनी भएकोले गर्दा उसका प्रायः सबै सामानहरू महङ्गा, राम्रा हुन्थे । उसले किताब राख्ने झोलाहरू पनि महिना- महिनामा फेरेर ल्याइरहेको हुन्थ्यो । यो देखेर रमेशलाई पनि नयाँ झोला लिएर जान मन लाग्यो । त्यसैले उसले आफ्नी आमालाई एउटा नयाँ झोला किनिदिन आग्रह गर्थ्यो तर उनकी आमाले नयाँ झोला भनेकै भरमा किनेर दिन सक्नुहुन्थेन । तर छोरालाई दुःखी नबनाउन उहाँले धेरै सम्झाउनुहुन्थ्यो ।

"हेर बाबु, विद्यालयमा हामी पढ्नका लागि जाने हो । हरेक दिन केही नयाँ सिक्नका लागि जाने हो । तिमीसँग भएको झोलाले काम दिन्छ भने फेरि नयाँ किन्न आवश्यक छ र ? त्यो झोला पुरानो भयो भने अर्को किनौँला नि, है ।' भन्दै उहाँले मायापूर्वक सम्झाउनुभयो । रमेशलाई पनि आफ्नो घरको आर्थिक अवस्थाबारे राम्ररी थाहा थियो | त्यसैले रमेश आफूले चाहेको चिज पाइनँ भनेर कहिल्यै दुःखी हुँदैनथ्यो । उसलाई थाहा थियो, जिन्दगीमा ठूलो सफलता पाउन पढाइमा ध्यान दिनुपर्छ ।

समय बित्दै गयो | हेर्दाहेर्दै उनीहरू कक्षा १० मा पुगे । एक दिन दीपकले रमेशलाई भन्यो, "हेर, हामी एस.ई.ई. पछि कलेज पनि सँगै पढ्नुपर्छ है !” रमेशलाई दीपक पढ्ने कलेजमा पढ्नका लागि आफ्नो आर्थिक अवस्थाले साथ नदिने कुरा राम्रोसँग थाहा थियो | त्यसैले त्यहाँ पढ्नका लागि अझ राम्रोसँग पढेर धेरै अङ्क ल्याउन सके मात्र सम्भव हुन्छ भनी सोचेर उसले दीपकलाई पनि, "राम्रो कलेजमा पढ्न त हामीले अझ धेरै मिहिनेत गर्नुपर्छ' भनेर सम्झायो | सोही अनुस्प दुवै जनाले खूब मिहिनेत गरेर पढे र राम्रो अङ्क ल्याउन सफल भए ।

त्यसपछि ढुवैजना सँगै एउटै कलेजमा भर्ना भए । कलेज जाँदा नयाँ ठाउँ र नयाँ परिवेशले उनीहरूलाई धेरै नै रमाइलो लाग्यो । यसै क्रममा उनीहरूका थप नयाँ साथीहरू बन्न थाले । सुरुसुरुमा त सबै साथीहरू बेग्लाबेग्लै विद्यालयबाट आएका र फरक- फरक स्वभावका भएकाले एक-अर्कालाई चिन्नमा नै समय बित्यो | पढाइसँगसँगै दीपक र रमेश पनि नयाँ साथीहरूसँग अगाडि बढिरहेका थिए । तर समय सधैँ एकनासको रहँदैन । कलेज आएपछि दीपक र रमेशको बिस्तारै पढाइमा भन्दा रमाइलो गर्नतर्फ बढी समय बित्न थाल्यो । कहिले फिल्म हेर्न जाने त कहिले घुमफिर गर्न जान थाले | यसो हुँदाहुँदै नयाँ साथीहरूको सङ्गतले गर्दा उनीहरू कुलततर्फ पनि गइरहेका थिए |

यो सब कुराहरूलाई रमेशले छिट्टै नै महसुस गन्यो र आफ्नो लक्ष्यलाई सम्भझियो । साथै, आफ्नी आमाले दिनुभएको प्रेरणाका कुराहरू पनि सम्झियो । त्यसपछि रमेशले दीपकलाई भन्न थाल्यो, "दीपक, हामी पहिलेभन्दा अहिले पढाइबाहेक अन्य कुराहरूमा बढी समय दिइरहेका छौँ, यसो गर्नु गलत हो ।' तर दीपकले 'केही हुँदैन, कति पढ्ने? कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ, भनेर जवाफ दियो । रमेशले दीपकलाई धेरै सम्झायो, तर दीपकको स्वभावमा नयाँ साथीहरूको संगतले गर्दा धेरै नै परिवर्तन आइसकेको थियो । त्यसपछि दीपक बिस्तारै रमेशबाट टाढिँदै गयो । तापनि रमेशले समय-समयमा "पढ्नुपर्छ, नराम्रो साथीहरूको साथ छोडिदेक' भनेर सम्झाउँथ्यो, तर दीपकमाथि केही असर भएन । त्यसपछि उनीहरूको बाटो अलग हुँदै गयो । उनीहरूको प्लस टु पनि सकियो । पछि दुवै जनाले छुट्टाछुट्टै कलेजमा पढ्न थाले | कलेज छुट्टिएपछि उनीहरूबिच भेटघाट पनि कम हुन थाल्यो तर पनि रमेशलाई बेलाबेला दीपकको याद आउँथ्यो र उसले के गरिरहेको होला भनी सम्फिन्थ्यो ।

समयसँगसँगै रमेशले डाक्टर बनेर आफ्नो सपना पूरा गन्यो | एक दिन रमेश गाडी चलाएर गइरहेको बेला दीपकलाई बाटोमा रक्सीको नशामा हल्लिएर हिँडिरहेको देख्यो । शुरुमा रमेशलाई त्यो दीपक नै हो कि होइन भनेर चिन्नै गाह्रो परेको थियो, तर नजिकबाट हेर्दा दीपक नै हो भनेर चिन्यो । त्यसपछि रमेशले गाडी रोकेर दीपकलाई बोलायो तर दीपकले वास्ता नै नगरी हिँड्यो । यो देखेर रमेशलाई निकै नराम्रो लाग्यो ।

त्यसपछि रमेश भोलिपल्टै दीपकको घरमा गयो, तर दीपक घरमा थिएन । घरको अवस्था पनि पहिले जस्तो थिएन । पहिले घर सजावटका सामानले भरिएको र राम्रो थियो तर अहिले सब खाली-खाली थियो | दीपकको बुबा पनि बितिसक्नुभएको रहेछ | रमेशले दीपककी आमालाई सोध्यो, "दीपक खोई आमा?” रमेशलाई देख्ने बित्तिकै दीपककी आमा धेरै रूनुभयो । उहाँले भन्नुभयो, "दीपक त कहिलेकाहीँ मात्र घरमा आउँछ । कहाँ बस्छ, के गर्छ, केही थाहा छैन । जब उसलाई पैसाको खाँचो पर्छ, त्यस बेला मात्र आउँछ । पैसा माग्छ, दियो भने केही गर्दैन, दिएन भने घरका सामानहरू नै उठाएर लैजान्छ । मैले जति भने पनि मान्दैन । क एकदम नराम्रो कुलतमा फसिसक्यो । अब के गर्ने बाबु? तिमीहरू दुई जना बच्चाबेलादेखिका साथी, तिमी कस्तो भयौ र क कस्तो भएर निस्कियो ।' भन्दै उहाँ रून थाल्नुभयो ।

यो सब सुनेर रमेशको आँखाबाट आँसु झर्यो । किनभने, विद्यालय पढ्दादेखि नै दुवै जनाले एउटै सपना देखेका थिए, तर आज उसले गलत बाटो रोजेर आफ्नो जिन्दगी बर्बाद गरेको थियो ।

त्यसपछि रमेशले दीपकलाई खोज्ने निर्णय गच्यो तर कहाँ खोज्ने, रमेशलाई केही थाहा भएन | तैपनि रमेशले पुराना साथीहरूसँग भेटेर दीपकको बारेमा जानकारी लियो र धेरै दिनको प्रयासपछि रमेशले दीपकलाई भेट्यो । भेटेर रमेशले दीपकलाई धेरै कुराहरू सम्झायो, "यसरी रक्सी खाएर आफ्नो जीन्दगी बर्बाद नगर, तिम्री आमा एक्लै र बिरामी हुनुहुन्छ । उहाँलाई तिम्रो धेरै नै जस्न्रत छ ।' भनेर उसले एकदमै राम्ररी सम्झायो । यो सब सुनेर दीपकले भन्यो, "म पनि यो कुलतबाट बाहिर आउन चाहन्छु, तर जति नै चाहे पनि सकिनँ । अब म के गरुँ ?” दीपकले रमेशलाई आफ्नो पीडा पोख्यो । यो सब सुनेर रमेशले दीपकलाई सुधार केन्द्रमा लैजाने विचार गन्यो, जुन कुरामा दीपकले पनि सहमति जनायो ।

केही महिना सुधार केन्द्रमा बसेपछि दीपकको चुरोट र रक्सी खाने नराम्रो बानी छुट्यो । त्यसपछि दीपक सुधार केन्द्रबाट फर्केर आएर सबैभन्दा पहिला रमेशलाई भेट्न आयो । रमेश पनि आफ्नो सबैभन्दा मनपर्ने मिल्ने साथीको यो नयाँ रुप देखेर एकदमै खुसी भयो । त्यसपछि दीपकले रमेशलाई भन्यो, "एउटा गलत संगतले गर्दा र आफ्नो मिल्ने साथीको कुरा वास्ता नगर्दा मैले आफ्नो जीवन बर्बाद गर्न खोजेँ, तर तिमी जस्तो सच्चा साथीले गर्दा मैले फेरि नयाँ जीवन पाएँ । त्यसैले सङ्गत भनेको राम्ररी सोचविचार गरेर मात्र गर्नुपर्ने रहेछ । खराब सङ्गतले गर्दा आफूलाई मात्र हैन, आफ्नो परिवारले पनि दुःख पाउने रहेछ | तिमीले बेलैमै सोच्यौ र राम्रो भयो । अबदेखि म पनि केही राम्रो गर्छु । कुलतले के-कस्ता नराम्रा असरहरू आफ्नो जीवन र समाजमा पर्छन्‌ भनेर मानिसहरूमा जनचेतना दिने काम गर्छु | यो सबै तिम्रो कारणले सम्भव भयो | तिमीलाई धेरै-धेरै धन्यवाद भनेर रमेशसँग हात मिलायो |

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children