Skip to main content

जुलिआनाको सपना

जुलिआना खत्री

कक्षा : छ (वरूण)

जुलिआना %० वर्षकी सानी केटी थिईन्‌ । उनी सानो उमेरदेखि नै चित्र बनाउन धेरै मन पराउँथिन्‌ । उनीसँग रङ्गीन पेन्सिल, सानो कापी र पुरानो ब्रस मात्रै थियो । तर उनको मनमा एउटा महान्‌ कलाकार बन्ने सपना थियो ।

जुलिआनाले बनाएका चित्रहरू धेरै साधारण थिए | कहिले उनले आकाशमा उडेका चरा बनाउँथिन्‌, कहिले रातको चन्द्रमामा मुस्कान हाल्थिन्‌ । कहिले आफ्नी आमाको मुखको चित्र उतार्थिन्‌ । उनका चित्र हेर्ने जो कसैलाई ती सादा भए पनि राम्रो लाग्थ्यो । तर जुलिआना अभ राम्रो बन्न चाहन्थिन्‌ ।

एक दिन उनले आमाबुवालाई भनिन्‌ "म ठूलो कलाकार बन्न चाहन्छु । म चित्र बनाउन र धेरै कुरा सिक्न चाहन्छु ।' आमाले मुस्कुराउँदै भनिन्‌, "हेर नानी, सपना ठूलो देख्नु राम्रो कुरा हो, तर त्यसका लागि मिहिनेत पनि धेरै गर्नुपर्छ ।' बुवाले भने, "हामी तिमीलाई सकेसम्म मद्दत गर्छौं, तर अहिलेको हाम्रो आर्थिक अवस्था कठिन छ | महँगो कक्षा, रङ र क्यानभास किन्न गाह्रो पर्छ । जुलिआनालाई यो कुरा सुनेर दुःख लाग्यो, तर उनले हार मानिनन्‌ | उनी भन्थिन्‌, "म काम गर्छु र अभ्यास गर्छु । म कहिल्यै छोड्ने छैन ।“

त्यस दिनदेखि उनले अझ धेरै अभ्यास गर्न थालिन्‌ । खाली कागज भेट्ने बित्तिकै, त्यहाँमा चित्र बनाउँथिन्‌ । कहिले कागज सकिन्थ्यो । उनी दाल, बेसार (हल्दी), पानी र माटोबाट नै रङ बनाउँथिन्‌ । उनले कसरी रङ बनाउने, के के सामग्री मिसाउने सबै कुरा आफैँ सिकिन्‌ |

तर उनको बाटो सजिलो थिएन । एक दिन विद्यालयमा चित्रकला प्रतियोगिता भयो । जुलिआनाले एउटी केटी र एउटा मुस्कुराएको कमलको फूल बनाउने विचार गरिन्‌ । त्यो प्रतियोगितामा मानिसहरूले जुलिआनालाई पेन्सिल, रङ, पेनहरू, आदि जस्ता धेरै सामग्रीहरू दिए | उनी धेरै खुसी थिइन्‌ किनभने उनले यति धेरै प्रकारका रङहरू पहिले कहिल्यै देखेकी थिइनन्‌ । उनले चित्र बनाउन पाउने भइन्‌ | उनी धेरै खुसी भइन्‌ र चित्र कोर्न थालिन्‌ । चित्र कोर्न सिध्याएपछि उनी झोला बोकेर लाज मान्दै घर गइन्‌ ।

यसपछि जुलिआनाको चित्र बनाउने बानी अझ बढ्दै गयो । बिहान उठेपछि उनी सबैभन्दा पहिले आफ्नो कापी निकाल्थिन्‌ । कहिले घाम बनाउँथिन्‌, कहिले फूल बनाउँथिन्‌ । चित्र बनाउँदा उनलाई समय बितेको पत्तै हुँदैनथ्यो । चित्र बनाउँदा उनको मन शान्त हुन्थ्यो । विद्यालय गएपछि पनि उनी चित्रकै बारेमा सोचिरहन्थिन्‌ | पढाइ सकिएपछि जब खाली समय मिल्थ्यो, उनी फेरि चित्र बनाउन थाल्थिन्‌ ।

कहिलेकाहीँ चित्र राम्रो नबन्दा उनी अति दुःखी हुन्थिन्‌, तर उनले कापी बन्द गरिनन्‌ । फेरि नयाँ चित्र बनाउँथिन्‌ । उनका साथीहरूले भन्थे, "ए जुलिआना, चित्र बनाउँदा के फाइदा हुन्छ?” तर जुलिआनाले कहिल्यै नराम्रो मानिनन्‌ । एकदिन शिक्षक आउनुभयो | उहाँले जुलिआनाले बनाएको चित्र देख्नुभयो । उहाँले मुस्कुराएर भन्नुभयो, "मलाई तिमीले बनाएको चित्र साह्रै मन पच्यो, यसैगरी प्रयास गर्दै जाउ है ।' विद्यालयका अन्य शिक्षकहरूले पनि, "तिमी निकै राम्रो चित्र बनाउँछौ भने ।“ यो सुनेपछि जुलिआनालाई झन्‌ खुसी लाग्यो ।

अब विद्यालयका कार्यक्रमहरूमा जुलिआनाले चित्र बनाउने काम पाउन थालिन्‌ । कहिले पोस्टर बनाइन्‌, कहिले बोर्ड सजाइन्‌ । सबैले उनको काम देखेर मन पराए । यसले उनमा अझ आत्मविश्वास बढ्दै गयो ।

घरमा पनि बिस्तारै सबैले उनको कामको प्रशंसा गर्न थाले । आमाले भन्नुभयो, 'ए छोरी, तिमी चित्र बनाउँदा कति खुसी देखिन्छ्यौ ।“ आमाले पुराना कागज र किताब जतन गरेर राखिदिनुभयो । यसले जुलिआनालाई धेरै सहयोग भयो | बुवाले पनि अब कराउन छाड्‌ नुभयो । कहिलेकाहीँ उहाँले जुलिआनाको चित्र हेरेर मुस्कुराउँदै टाउको हल्लाउनुहुन्थ्यो । एक दिन बुवाले भने, 'मिहिनेत गर्दै जार है छोरी ।' यो सानो वाक्य जुलिआनाका लागि धेरै ठूलो थियो ।

कहिलेकाहीँ जुलिआनालाई धेरै थकाइ लाग्थ्यो । पढाइ, घरको काम र चित्र सबै मिलाउन गाह्टो हुन्थ्यो, तर उनले कहिल्यै आफूनो लक्ष्य छोडिनन्‌ | उनी बिस्तारै, तर निरन्तर अगाडि बढिरहिन्‌ । समय बित्दै गयो, जुलिआनाका चित्र झन्‌ राम्रा हुँदै गए । रङ्ग मिसाउन उनी अझै सिपालु भइन्‌ । आकृति बनाउँदा उनका हात पहिलेभन्दा स्थिर हुन्थे । उनले धेरै कुरा आफैँ सिकिन्‌ |

अब साथीहरू उनीसँग चित्र बनाउन सिक्न आउन थाले । जुलिआनाले सबैलाई खुसी भएर सिकाइदिन्थिन्‌ । उनी आफैँ सिकेर अरुलाई सिकाउन पाउँदा खुसी हुन्थिन्‌ ।

एक दिन उनलाई लाग्यो, 'म साँच्चै कलाकार बन्न सक्छु !” त्यो दिन देखि उनले सपना बोकेर हिँडिरहिन्‌ । आफ्नो काममा कुनै समस्या आए पनि उनले छोडिनन्‌ । मिहिनेत गर्दै गइन्‌ । जिम्मेवार बन्दै गइन्‌ । समय बित्दै जाँदा पढाइ, घरको काम र चित्र सबै मिलाएर गर्थिन्‌ । कहिलेकाहीँ धेरै थाक्थिन्‌, तर कहिल्यै गुनासो गर्दिनथिन्‌ । उनले बिहानको समय चित्र बनाउन राखिन्‌ । साँझ भने पढाइ गर्थिन्‌ । यसरी उनले आफ्नो दैनिकी मिलाउन सिकिन्‌ ।

एकदिन उनको विद्यालयमा अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगिता भयो | यो प्रतियोगितामा उनले जितिन्‌ र घर जाँदा एउटा ट्रफी लिएर गइन्‌ । त्यसको २ महिनापछि विद्यालयमा सानो प्रदर्शनी राखियो । जुलिआनाका केही चित्रहरू प्रदर्शनमा साथीहरू, शिक्षकहरू, तथा बाहिरबाट आएका मानिसहरूले आएर हेरे | सबैले राम्रो प्रतिक्रिया दिए । धेरै मानिसहरूले उनको चित्र किनेर लगे । यो देखेर जुलिआना निकै खुसी भइन्‌ र अबदेखि चित्रकलालाई नै आफूनो जीवनको लक्ष्य बढाएर अगाडि बढ्ने प्रण गरिन्‌ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children