Skip to main content

आशा

टोसानी न्यौपाने

कक्षा : छ (वरूण)

सिन्धुलीको एक गाउँमा सानी मुना नामकी एक केटी थिइन्‌ । उनी ज्ञानी, असल र परिश्रमी स्वभावकी थिइन्‌ । उनी गाउँमा आमा-बुबासँग बस्दथिन्‌ । बाल्यकालमै उनले कठिनाइ र अभाव धेरै देख्नुपरेको थियो । उनी बस्ने घरमा प्रायः झगडा चलिरहन्थ्यो । झगडा हुँदा उनका बुबाले आमालाई कुटपिट गर्थे । यस्तो वातावरणले सानी मुनालाई निकै डर लाग्थ्यो, र उनी प्रायः आफ्नो कोठामा गएर लुकिरहन्थिन्‌ । घरको वातावरणले उनको मनमा गहिरो घाउ बनाउँथ्यो ।

मुना ११ वर्षकै हुँदा उनका आमाबुबा छुट्टिए । त्यो सानो उमेरमा परिवार विखण्डनले उनलाई झन्‌ पीडा दियो । त्यही समयमा उनका मामा पनि बिते, जसले घरको जिम्मेवारी झनै बढाइदियो । त्यसपछि आमा र हजुरबुबाले मूना र मामाका छोराछोरीको पालनपोषण गर्न थाले । जस्तोसुकै परिस्थिति आए पनि मूना पढाइमा कहिल्यै कमजोर भइनन्‌ । सानै उमेरदेखि नै उनी अध्ययनप्रति निकै चासो राख्थिन्‌ । मेहनतले काम गर्नुपर्छ भन्ने विश्वासका साथ उनी सधैँ राम्रो अङ्क ल्याउँथिन्‌ । ठूलो मान्छे बन्ने सपनाले उनलाई प्रेरित गरिरहन्थ्यो ।

मूना ९ कक्षामा पुगेकी बेला, उनी मात्र १५ वर्षकी थिइन्‌ । उनको परिवारमा विवाहको कुरा उठ्न थाल्यो । बालविवाहको कुरा सुन्दा मुना डराइन्‌, किनकि उनी भविष्य निर्माण गर्न चाहन्थिन्‌ । तर घरमा उनको कुरा सुन्ने कोही थिएन | उनीहरू बसेको समाजमा केटा पक्षले माग्न आउने चलन थियो | धेरै ठाउँमा दाइजो मागिन्थ्यो, यो कुरा सम्झिएर मुना डराइन्‌ । तर एकजना सरल र इमानदार युवकले मुना र मुनाको परिवारसँग हामीलाई केही चाहिँदैन असल जीवनसाथी भए पुग्छ । हामी मुनालाई विवाहपछि पनि पढाउँछौँ भनेर बाचा गरे | उसको व्यवहार र स्वभावले मूना र उनको परिवार प्रभावित भए | मुना पनि उनलाई मन पराउन थालिन्‌, र विवाहका लागि परिवारले सहमति जनायो ।

यस्तै गरी मुना सानो उमेरमै बुहारी भइन्‌ । विवाहपछि घरका काम धेरै थिए | बिहानदेखि बेलुकासम्म काममै बित्थ्यो । कामको चाप बढ्दै जाँदा उनको पढाइ क्रमशः टाढिँदै गयो र अन्ततः पढाइ अधुरै रहनपग्यो । तर मनमा पढाइको चाह भने मरेको थिएन । उनले श्रीमानसमक्ष पहिलेको बाचा राखिन्‌ । पढ्न चाहिको कुरा गरिन्‌ । श्रीमानले पनि सजिलै स्विकृती दिए । उनले आफूनो अधुरो भएको पढाइ पूरा गरिन्‌ । एस.ई.ई. पास गरिन्‌ र क्याम्पस भर्ना भइन्‌ । समय बित्दै गयो । मूना र उनका श्रीमान्‌ रोजगारीको खोजीमा काठमाडौं आए । श्रीमान्‌ इन्जिनियरको रुपमा जागिरमा लागे । मूना घरमै बसेर सबै काम सञ्चालान गर्न थालिन्‌ । केही वर्षपछि उनी गर्भवती भइन्‌, तर दुर्भाग्यवश पहिलो बच्चा गर्भमै बित्यो । यो घटनाले दुवैलाई निकै दुःखी बनायो ।

पछि फेरि उनी आमा बनिन्‌ र यसपालि छोरी जन्मिइन्‌ । तर छोरी जन्मिएपछि मुना गम्भीरस्पमा बिरामी परिन्‌ । उनलाई खानपिन गर्न, हिँडडुल गर्न, यहाँसम्म कि सास फेर्न पनि कठिन हुन थाल्यो । डाक्टरले मुटुको समस्या भएको बताए । मुना धेरै कमजोर हुँदै गइन्‌ र लामो समय अस्पतालमै बस्नुपन्यो । डाक्टरले सुझाएको नयाँ औषधीबाट बिस्तारै उनको स्वास्थ्यमा सुधार देखिन थाल्यो । तर पूर्ण रूपमा निको हुनको लागि लामो अप्रेसन गर्नुपर्ने र त्यसको लागि धेरै पैसा लाग्ने डाक्टरले बताए । केही समयपछि उनी अस्पतालबाट डिस्चार्ज भइन्‌ । अहिले उनी नियमित औषधी खाँदै एक सानो चिया पसल चलाइरहेकी छिन्‌ । छोरी ६ वर्षकी भइसकेकी छे र परिवार फेरि खुसी-खुसी जीवन बिताइरहेको छ । मुना अझै सर्जरीको पर्खाइमा छिन्‌, तर उनले बाँच्ने आशा कहिल्यै छोडेकी छैनन्‌ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children