रहर
पालिजा श्रेष्ठ
कुनै एउटा सहरमा एक परिवार बस्थ्यो । त्यो परिवारमा बुबा, आमा र तीन जना छोराहरू थिए | सबैभन्दा ठूलो छोरा जेम्स, २२ वर्षको थियो र उ राम्रो कुस्ती खेलाडी थियो । त्यसपछिको छोरा मार्कस, २० वर्षको थियो र क पनि दाजुजस्तै राम्रो कुस्ती खेलाडी थियो । कान्छो छोरा लियम, १७ वर्षको थियो र उसलाई गितार बजाउन मन लाग्थ्यो । उसले साथीहरूसँग मिलेर एउटा संगीत ब्यान्ड पनि बनाएको थियो ।
सबैजना आ-आफ्ना इच्छा र रहर अनुसार काम गर्दै थिए । तर बुबालाई भने सबै छोराहरू राम्रो कुस्ती खेलाडी नै बनून् भन्ने इच्छा थियो किनभने उनी आफैँ पनि कुस्ती खेलमा संलग्न थिए र धेरै उपाधिहरू पनि जितेका थिए । लियमलाई भने कुस्ती खेल्न मन पर्दैनथ्यो । उसको रूचि गाउने र बजाउनेमा धेरै थियो । तर बुबा भने उसलाई त्यही खेलमा जोड दिन भन्नुहुन्थ्यो । आमाले पनि बुबाको कुरालाई काट्न सक्नुहुन्नथ्यो । त्यसैले उनी चुपचाप रहन्थिन् ।
एक दिन बुबाले मार्कस र जेम्सलाई प्रशिक्षण गराउँदै थिए तर लियम आएन | बुबाले रिसाउँदै भने, "लियम! अबदेखि तिमी पनि कुस्ती प्रशिक्षणमा आउनुपर्छ । तिमीसँग अरु कुनै विकल्प छैन ।“ लियमले डराउँदै भन्यो, "तर बुबा, मलाई यो खेल मन पर्दैन र मेरो संगीत ब्यान्डले एउटा ठूलो कार्यक्रममा बजाउने र गाउने मौका पाएको छ । मलाई त्यो कार्यक्रममा भाग लिन मन छ र त्यसको लागि तयारी पनि गर्दैछु ।' यो सुनेर बुबा रिसाउँदै बाहिर निस्के | सबैजना एकछिन चुपचाप भए ।
बुबालाई उसको बजाउने बानी मन नपरे पनि आमा, मार्कस र जेम्सहरूले भने उसलाई साथ दिन्थे र सहयोग गर्थे । त्यसपछि पनि कार्यक्रमको तयारीका लागि दाइहरूले आफूसँगै लगेर बुबाले थाहा नपाउने गरी सहयोग गरे |
यसरी नै कार्यक्रमको मुख्य दिन पनि आयो | लियम जानको लागि तयार भयो र दाइहरूले पुन्याइदिने वाचा गरे । उनीहरू निस्कने बेला बुबाले देख्नुभयो । रिसाउँदै सोध्नुभयो, "कहाँ जान लागेको?“ लियमले डराउँदै जवाफ दियो, "कलेज जान लागेको बुबा ।' "तिम्रो त यतिबेला कलेज हुँदैन त ! त्यो कार्यक्रमको लागि जान लागेको हो?” बुबाले फेरि सोध्नुभयो । लियमले केही जवाफ दिन सकेन | बुबाले उसको हात तान्दै कोठातिर लग्नुभयो र भित्र राखेर ढोकामा बाहिरबाट ताला लगाइदिचुभयो । सबैजना डराए र आत्तिए । तर कसैले बुबालाई रोक्न सकेनन् । लियमले भित्रबाट धेरै अनुरोध गन्यो, "बुबा, आजलाई जान दिनुस्, मेरा साथीहरू मलाई पर्खिरहेका छन् । त्यसपछि, तपाईँले भने जस्तै गर्छु |“ तर बुबाले सुनेनन् । उनलाई आफूले सोचेभन्दा छोराले अर्कै काम गरेको देखेर निकै रिस उठिरहेको थियो । आफ्नो अहङ्कारको अगाडि उनले छोराको सो अनुरोधलाई वास्तै गरेनन् ।
राती बुबा खाना खाएर सुत्न गए । त्यही मौका पाएर आमा र दाइहरूले कोठाको साँचो खोजेर उसलाई घरबाहिर लिएर गए | उनीहरू कार्यक्रममा ठीक समयमै पुग्न सफल भए । लियमलाई देखेर उसका साथीहरू खुसी भए | उनीहरूले जोश र जाँगरका साथ राम्रो प्रदर्शन गरे | सबैजनाले प्रशंसा गरे । लियम निकै खुसी भयो र दाइहरूलाई अँगालो हालेर धन्यवाद दियो | त्यहाँ मार्कसले एमी नाम गरेकी एक जना केटीलाई भेटे | मार्कस र एमी बिस्तारै मिल्ने साथी बने ।
केही दिनपछि जेम्सको कुस्तीको जिल्लास्तरीय प्रतियोगिता हुन गइरहेको थियो । यसै क्रममा बुबा जेम्सलाई निकै धेरै अभ्यासहरू गराइरहेका थिए | जेम्स पनि निकै मिहिनेत गरिरहेको थियो । यो प्रतियोगिता जितेमा क राष्ट्रिय स्तरको प्रतियोगिताको लागि छनोट हुन्थ्यो । त्यसैले पनि सबैजना निकै उत्साहित थिए |
प्रतियोगिताको दिन बिहान उठेर जेम्सले आफूलाई अति सन्चो नभएको कुरा मार्कसलाई बतायो, "मलाई गाह्रो भइरहेको छ । यस्तो भएको धेरै दिन भइसक्यो ।“ मार्कसले आत्तिँदै सोध्यो, "के भयो? अनि पहिले किन नभनेको त ? हामी डाक्टरकहाँ जँचाउन जान मिल्थ्यो नि । जेम्सले भन्यो, "बुबा रिसाउनु हुन्छ, मैले बहाना बनाएँ भन्ने सोच्नु हुन्छ भनेर मैले केही भनिनँ ।“ जेम्सले यति भन्दाभन्दै क बाथरुमतिर दौडियो र भाइ पछाडि-पछाडि दौडियो । उसको मुखबाट रगत आइरहेको थियो | मार्कस आतियो र आमालाई बोलायो । दुवै जना मिलेर अस्पताल लैजानलाई एम्बुलेन्स बोलाए । जेम्स अझै पनि मानिरहेको थिएन र प्रतियोगिताको बारेमा नै सोचिरहेको थियो | तर आमा, मार्कस र लियमले कर गरेर अस्पताल लगे ।
अस्पतालमा डाक्टरले सबै जाँचे र हेर्दा-हेर्दै जेम्सको हालत निकै खराब भयो र उसको शरीर चिसो भयो | त्यहीँ नै उसको मृत्यु भयो । परिवारका सबै स्तब्ध भए | अन्य अप्रिय व्यक्तिहरू यस्तो निराश समयमा पनि उनीहरूको परिवारलाई साथ दिनुको साटो उल्टै नचाहिँदो कुरा गर्थे । एक जनाले भने, "तपाईंको छोरा, जेम्सले त्यो प्रतियोगिता जितेर राष्ट्रिय स्तरकोमा खेल्न पाउँथ्यो । अब त उसको र तपाईंको सपना अधुरै रह्यो ।“ यस्तो कुरा सुनेर परिवारका सबै झनै निराश भए ।
बुबालाई भने झनै रिस उठ्यो | वरपर हेर्दा लियमले कुनामा बसेर गितार बजाइरहेको देखे । रिसको झोकमा उनले गितार तानेर फालिदिए र गितार टुक्रा-टुक्रा भयो । यो देखेर लियम अझै निराश भएर आफ्नो कोठातिर दौडियो | यो देखेर बुबाले सोचे, "अब मार्कसलाई अर्को हुने जिल्लास्तरको प्रतियोगिताको लागि तयार गर्न थाल्छु ।' उनको सबै ध्यान, इच्छा र भरोसा अब मार्कसमा आएर अडियो | मार्कस पनि राम्रै खेलाडी थियो र मिहिनेत पनि गरिरत्यो । साथै मार्कसले एमीको साथ र हौसला पनि पायो ।
यसै बिच एउटा सानो प्रतियोगिताको लागि बुबाले लियमलाई पनि प्रशिक्षण गर्न थाले । लियमले नाइँ भन्न सकेन र अभ्यास गरिरह्यो | तर प्रतियोगितामा भने सफल हुन सकेन । बुबाले उसको हारलाई स्वीकार्न सकेनन् र सबैको अगाडि नराम्रो गरी कराए । लियम निराश भएर घर फर्कियो । बुबाको रिस र अरुले आफ्नो असफलताप्रति गरेको हेराइ लियमले बिर्सन सकेन । क कति दिनसम्म कोठामै बसिरहन्थ्यो । न बाहिर आउँथ्यो न त कसैसँग बोल्थ्यो । आमा र मार्कसले उसलाई धेरै सम्झाए तर उसलाई आफू असफल भएकोमा दुःख र पीडा रहिरह्यो । एक दिन उसले बुबा र परिवारको नाममा एउटा लामो चिठी लेखेर आफूले संसार छोड्यो । मार्कस र आमा स्तब्ध भए । बुबाले भने छोराको भावना र मानसिक अवस्था बुझ्न खोजेनन् । उनले छोरालाई कमजोर र परिस्थितिबाट भाग्यो भनेर झनै नकारात्मक रुपमा लिए | आमा र मार्कसलाई पनि उसलाई बिर्सन आदेश दिए ।
दाजु जेम्स र भाइ लियमको बिछोडले मार्कस भित्रैदेखि निराश थियो । तर पनि उसले प्रतियोगितामा त जानु नै थियो । प्रतियोगिताको दिन बिहानै आमाले उसलाई शुभकामना दिइन् । उसले राम्रो खेल्यो तर उसले आफ्नो दुःख र बुबामाथिको रिस त्यही कुस्तीको अखाडामा निकाल्यो । उसले आफ्नो प्रतिस्पर्धीलाई बेस्सरी कुटेर ढाल्यो जुन खेलको नियम विरूद्ध थियो । उसलाई खेलबाट अयोग्य मानेर निकालियो | यो देखेर बुबा रिसले आगो भएर उसलाई कराउन थाले | यसपालि मार्कस पनि चुप बसेन । उसले पनि बुबालाई धेरै जवाफ दियो । उसले आफ्नो भित्रको वर्षौंको रिस र पीडा निकाल्यो । बुबाले शायद बाट यो अपेक्षा गरेका थिएनन्, उनी पनि स्तब्ध भए ।
बिस्तारै क घर र परिवारबाट टाढा बस्न थाल्यो । आफ्नो पढाइ र अभ्यासलाई राम्ररी पूरा गन्यो । धेरै वर्षपछि उसले एमीसँग आफ्नो परिवार बनायो । उनीहरूका दुई छोरा भए र उसले आफ्ना छोराहरूलाई कहिल्यै पनि आफ्नो इच्छा र सपना पूरा गर्न कर गरेन । उनीहरू भविष्यमा जे बन्न चाहन्छन्, त्यसैमा खुसी हुन्थ्यो । कहिलेकाहीँ बुबाआमालाई भेट्न आफ्नो परिवार लिएर जान्थ्यो । उहाँहरू पनि उसलाई देखेर खुसी हुनुहुन्थ्यो । सबैजना खुसीसाथ बस्न थाले ।