Skip to main content

मित्रता

सम्राट ज्ञवाली

कक्षा : सात (मेची)

मेरो मिल्ने साथी सुमन सल्यानमा जन्मियो | सानो छँदै बा र मामाको कान्छी औँला समातेर मुगलान भासियो । बाआमाले सिम्लाका जमिन्दारको बारीमा स्याउको भारी बोकेर उसलाई हुर्काए । ८ कक्षासम्म त्यहीँ पढ्यो । उसको बोलीमा नेपाली कम र हिन्दी लवज बढी थियो । एउटा विपन्न परिवार, जो नेपालमा आफ्नो दैनिकी चलाउन नसकेपछि कालापहाड भासिएको थियो | उ त्यही परिवारमा जेठो सन्तानका रुपमा जन्मिएको थियो ।

कक्षा ९ पढ्दै गर्दा सुमन नेपाल फर्कियो । उ राम्ररी नेपाली बोल्न जान्दैनथ्यो । उसका साथीहरू उसलाई गिज्याउँथे । र एक्लै रमाउँथ्यो । उसले प्रथम श्रेणीमा एसएलसी पास गचन्यो । घोराही क्याम्पसमा आइ. ए पढ्यो । बी.ए पढ्न आर्थिक सङ्कट चुलिएपछि कामको खोजीमा सिमला पुग्यो । फर्किएर आएर फिदिम बिराटनगर चल्ने सार्वजनिक बसमा खलासी भयो । त्यसको छ महिनापछि दुबई गयो । एयरपोर्टमा चिया बेच्ने काम गन्यो । छ नेपाल फर्कियो, रत्नपार्कमा १४ वटा सर्ट काँधमा हालेर बेच्न हिँड्यो । उसले बाँच्नका लागि हरेक क्षण सङ्घर्ष गन्यो । आफ्नो परिवार र पढाइको जिम्मेवारीको भारी सँगै बोकेर उसले जीवनको सङ्घर्षमय यात्रा गरिरहयो ।

उसको जीवन सिनेमाको कथा जस्तो छ । कसैले जीवनको सङ्घर्षको कथा सुनाउँदा ती सबै कथा उसका अगाडि फिक्का लाग्छन्‌ । हरेक सङ्घर्षका क्षणमा पनि उसले अध्ययनलाई भने कहिल्यै छोडेन, निरन्तर पढिरहयो, लेखिरहयो । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गच्यो । उसले एलएलबी गन्यो । उसका अरु साथीको तुलनामा उसले दसौँ गुणा बढी पुस्तक पढेको थियो । उसको साहित्य लेखनको जति नै प्रशंसा गरे पनि कमै हुन्छ । उसले निकै मेहनत गरेर रोल्पा नगरपालिकामा सुब्बा तहको जागिरमा नाम निकाल्यो । त्यसको केही समयभित्रै नेपाल वायुसेवा निगमको छैटौँ तहको अधिकृत भयो । त्यसको केही वर्षपछि मधेस प्रदेशमा सातौँ तहमा नाम निकाल्यो | सातौं तहमा नाम निकालेको एक वर्ष नहुँदै कर्णाली प्रदेशको नवौँ तहको उपसचिवमा सिफारिस भयो । उसको जागिर प्रवेशका हरेक सफलतामा छ सधैँ सफल भयो । केही वर्षपछि नेपाल सरकारको उपसचिव पदमा सुमनको नाम निस्किएको देखेपछि म हर्षित भएँ ।

उसका हरेक सुख दुःखमा सँगै हुन पाउँदा म झप्रति सधैं गर्व गर्छु । क हरेक युवाको प्रेरणाको स्रोत बनेको छ । तर उसको गन्तव्य यति मात्र होइन । उसको गन्तव्य नेपाल सरकारको मुख्य सचिव हुनु हो । क आफ्नो परिश्रममा विश्वास गर्ने आजाद पन्छी हो । सुमन दुःख र सुखलाई समान भावमा लिन सक्ने कर्मयोगी हो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children