मेरो सानो भाइ
मेरो प्यारो भाइ ।
मेरो सानो भाइ
मेरो प्यारो भाइ ।
दिदी भन्दै बोलाउँछ
मेरो सानो भाइ ।
भाँडाकुटी खेल्छु भन्छ
मेरो सानो भाइ । p>
क ख ग घ पढ्छु भन्छ
मेरो सानो भाइ ।
पढीलेखी ठूलो बन्छु
भन्छ मेरो भाइ ।
मलाई धेरै माया गर्छु
भन्छ मेरो भाइ ।
मिलीजुली बसौँ भन्छ
मेरो सानो भाइ ।