Skip to main content

जाडो

सुशांक ज्ञवाली

कक्षा : दुई (तिनाउ)

आच्छु छु आच्छु छु कति जाडो हो न्यानो न्यानो लुगा लाउनुपर्ने भो ।

जाडोले मेरो टुपी ठाडो भो तातो तातो खानेकुरा खानुपर्ने भो ।

मंसिर पुस माघमा आगो तापौँ है फागुनको होली सँगै जाडो जान्छ है ।

पानी चिसो भएर नुहाउन गाह्रो भो तातोपानी तताएर नुहाउनुपर्ने भो ।

आच्छु छु आच्छु छु कति जाडो हो न्यानो न्यानो लुगा लाउनुपर्ने भो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children