Skip to main content

बाबा

अग्रिम ओझा

कक्षा : दुई (सुनकोशी)

मेरो प्यारो बाबा तिमी मलाई माया गर्ने
मेरो लागि हिरो तिमी मलाई मनपर्ने ।

आफ्ना रहर पनि कति थिए होलान् तिम्रा
त्याग्यौ आफ्ना जति अनि पूरा गर्यौ हाम्रा ।

असल मान्छे बन्नुपर्छ भन्दै सिकायौ
देशको माया गर्नु पर्छ भन्दै सम्झायौ ।

हिँड्नेछु तिमीले सिकाएको सही बाटोमा
बगाउनेछु पसिना यही देशको माटोमा ।

तिम्रो जीवन खुसीले भरिदिनेछु
आफ्नो खुट्टामा उभिई तिम्रो हाँसो हेर्ने छु ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children