आफ्नो माया संसारभरि छरिदिने
अन्धकारमा पनि प्रकाश झारिदिने ।
मेरो खुशीमा आफू पनि रमाउने
मेरो निन्द्राको सपनालाई सजाउने ।
मेरी आमा
सबैभन्दा पहिला माया उनैले दिएकी
जीवनभरि मिठा पकाई उनैले ख्वाएकी ।
दुःखमा सधैँ मेरो अगाडि रहिन्
सुखमा सधैँ मलाई अगाडि सारिन् ।
मेरी आमा
उनलाई अँगालो हाल्दा न्यानो महसुस हुने
सबैभन्दा माया उनले नै मलाई गर्ने ।
मेरी आमा, मेरी प्रेरणाकी प्रतीक भएकी
सधैँ मेरो भित्री मनमा रहेकी ।
मेरी आमा