Skip to main content

जुत्ता

निरुक्त कट्टेल

कक्षा : तीन (त्रिशुली)

मेरो जुत्ता सेतो छ
मोजा पनि सेतो छ ।
मेरो नयाँ जुत्ता
हुन्छ यताउता ।

मेरो जुत्ता हराउँदा
म धेरै डराउँछु ।
कहिले फोहोर हुँदा
राम्ररी धुन्छु ।

जुत्ता नलगाउँदा खुट्टा
हुन्छ खाली ।
त्यही भएर आमाले
गर्नुहुन्छ गाली ।

जुत्ताले खुट्टा
तातो बनाउँछ ।
तर धेरै लगाउँदा
बेसरी गनाउँछ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children