घाम जब झुल्किन्छ चारैतिर उज्यालो छर्दछ । सबै अँध्यारो हटाउँछ घाम जब झुल्किन्छ ।
आस एउटा जगाउँछ हामीलाई खुसी बनाउँछ । न्यानो माया लगाउँछ साँझ परेपछि अस्ताउँछ ।
घाम जब झुल्किन्छ चारैतिर उज्यालो छर्दछ । साँझ परेपछि अस्ताउँछ बिहान फेरि उदाउँछ ।