Skip to main content

घर

आरभ आचार्य

कक्षा : तीन (त्रिशुली)

मेरो घर सानो
त्यही छ न्यानो ।
जस्तो भएनि मनपर्छ
मेरै घरको छानो ।

घर छोडेर जान मन छैन
तर नजाने पनि होइन ।
कहिलेकाहीँ घाम आउँछ भित्र
मिलीजुली बनाउँछौँ घरको चित्र ।

धेरै घरमै म बस्छु
त्यहीँ खेल्छु र सुत्छु ।
कति प्यारो कति राम्रो मेरो घर
परेका छौँ हामी यसैको भर ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children