Skip to main content

सानो खरायो कता हरायो

उज्जस शर्मा

कक्षा : तीन (त्रिशुली)

मेरो सानो खरायो खेल्दा मज्जा आयो
दिनभरि लेख्दा पढ्दा मजा त भयो ।
खरायो त सानो र राम्रो हाम्रो पनि
समय कतिखेर बित्छ बस्छु गनी गनी ।

एक दिन खरायो कता कता हरायो
मेरो मन दुखेर भित्रभित्रै करायो ।
दिनभरि खोजेँ कतै पनि छैन
यता खोजेँ त्यता खोजेँ दुवैतिर छैन ।

एक दिन लुगा सुकाउँदा खरायो पो भेट्यो
खरायो भेटिँदा मनको पिर मेट्यो ।
खुसीले दिनभरि गीत बजाई नाचेँ
दिनभरि सुख भयो खरायो हेर्दै हाँसे ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children