मेरो पियानो राम्रो छ
बजेको सुन्दा मन रमाउँछ ।
मैले गीत गाउँदा
धुन सँगसँगै बजाउँछ ।
धेरै प्रकारको स्वर छ
अनि धेरै प्रकारको गीत छ ।
सधैँ पढिसकेर बजाउँछु
खुसीले बाआमालाई सुनाउँछु ।
मेरो पियानो राम्रो छ
बजेको सुन्दा मन रमाउँछ ।
मैले गीत गाउँदा
धुन सँगसँगै बजाउँछ ।