Skip to main content

तिहार

अग्रता आचार्य

कक्षा : तीन (मस्र्याब्दी)

हाम्रो चाड तिहारमा
झिलिमिली पारेर ।
दियो बत्ती बालेर
काग पूजा गरेर ।

कुकुर पूजा गरेर
गाई पूजा गरेर ।
रङ्गोली बनाएर
लक्ष्मी पूजा गरेर ।

देउसी भैलो खेलेर
टन्नै पैसा पाएर ।
सेलरोटी पकाएर
कुपुकुपु खाएर ।

नुहाई धुवाई गरेर
नयाँ लुगा लगाएर ।
भाइलाई टिका लगाएर
माला पनि पहिराएर ।

टिकामाला लगाएर
मिठो खाजा खाएर ।
उपहार पाएर
रमाइलो तिहार मनाएर ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children