मेरो बहिनी ज्ञानी छे
सबैभन्दा सानी छे ।
जहिले पनि मुस्कुराइ रहने
उसको राम्रो बानी छ ।
दादा दादा भनेर
मलाई बोलाई रहन्छिन् ।
आँगनमा गएर
नाचिरहुँ भन्छिन् ।
स्कुल जाँदा मलाई
बिदा गर्न आउँछिन् ।
स्कुलबाट फर्किएपछि
म सँग खेल्न पाउँछिन् ।
मेरो बहिनी ज्ञानी छे
सबैभन्दा सानी छे ।
जहिले पनि मुस्कुराइ रहने
उसको राम्रो बानी छ ।