Skip to main content

रुख

अभ्युदय विक्रम शाह

कक्षा : तीन (मस्र्याब्दी)

रुख धेरै हरियो
जङ्गलभरि भरियो ।
चारैतिर शीतल छरियो
मन आनन्दले भरियो ।

हाम्रो वातावरण जोगाउने
रुख वरिपरि लगाउने ।
रुखले पहिरोबाट जोगाउने
रुख नै हो हाम्रो जीवन बचाउने ।

रुखले दिन्छ सधैँ सुख
रुख बिरुवा रोपौँ ।
खाली ठाउँ जति सबै
बिरुवाले छोपौँ ।

आउ साथी जाऔँ
खाली ठाउँ भरौँ ।
हरियो बनाइ पाखा
बिरुवाले छोपौँ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children