आमा मलाई जुन माया तपाईँले दिनुहुन्छ
त्यसैमा सधैँभरि रमाइदिन्छु म ।
ठूलो भएपछि संसारको अँध्यारोमा
उज्यालो ल्याई छरिदिन्छु म ।
आमाको काखमा खेलेँ हुर्केँ रमाएँ
राम्रोसँग पढेर पैसा पनि कमाए ।
भोलिपर्सि डाक्टर बनि ठुलो भएपछि
आमालाई सुखसँग पालिदिन्छु म ।
आमाले हामीलाई राम्रो शिक्षा दिने
त्यहि शिक्षा लिएर कमाइ दिन्छु म ।
आमा मलाई जुन माया तपाईँले दिनुहुन्छ
त्यसैमा सधैँभरि रमाइदिन्छु म ।