मेरो सेतो बिरालो कति धेरै प्यारो । कहिले जान्छ रुखमा कहिले सुत्छ खाटमा ।
उसको आँखा कालो उसको भुत्ला सेतो । बेलाबेला चकचके उसको बानी कस्तो ।
तर म उसलाई धेरै माया गर्छु । त्यही भएर होला सधैँ उसलाई हेर्छु ।