Skip to main content

मेरो परिवार

सान्भी अर्याल

कक्षा : तीन (त्रिशूली)

आमाबुबा हजुरआमा
मिलीजुली बस्ने ।
हजुरबुबा काकाकाकी
कति माया गर्ने ।

सँगै खेल्ने दादा मेरो
हामी सँगै पढ्ने ।
मिलीजुली घरमा
सकेको काम गर्ने ।

म पनि त राम्री छोरी
दादा राम्रो छोरा ।
घरमा छौँ हामी दुई
मायाका हौँ डोरा ।

जम्मा हुँदा शनिबार
मेरो सुखी परिवार ।
बिताउँछौ घरिघरि
रमाइलो गरीगरी ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children