Skip to main content

असार १५

समय पाठक

कक्षा : तीन (मस्र्याब्दी)

असार १५ सबैजना धान रोप्न जाने
सबैजना मिलेर दहीचिउरा खाने ।
किसानले रोप्छन् धान छुपु छुपु
<्चामलको भात खाने कुपुकुपु

असार १५ किसानको रमाइलो चाड
धान कुटी चामल बनाई सबैलाई बाँड ।
यो बेला खेत हुन्छ सबै हरियाली
रमाइलो गरी रोप्छन् धान मिलीजुली ।

असार १५ सबैजना नाचगान गर्ने
धान पाकेपछि आफ्नो भकारी भर्ने ।
खुसी हुने सबैजना मिठो मिठो खाने
धानको काम सकिएपछि अर्काे काम गर्ने ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children