मिहिनेती मेरी आमा
बिहान छिटै उठ्छिन् ।
चिया बिस्कुट ल्याएर
मलाई उठाउँछिन् ।
आँखा चिम्म गरेर म
सुतेजस्तै गर्छु ।
अनि उनलाई झुक्याएर
झट्ट मोइ खान्छु ।
आमाकी प्यारी छोरी
बाबाकी मायाको डोरी ।
बेलाबेला खान्छु म
चकलेट चोरी चोरी ।
माया लाग्छ आमाको
किन धेरै धेरै ।
रिसाउँदा आमा मेरी
रुन्छु धेरै बेरै ।